fbpx

पाकिस्तान भूकम्प : मृत्यु हुनेको संख्या २८ पुग्यो, ४ सय ७६ भन्दा बढी घाइते

पाकिस्तान, ८ असोज । पाकिस्तानमा मङ्गलबार गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या २८ पुगेको छ । प्रहरीले दिएको जानकारीअनुसार गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या २८ पुगेको छ भने भूकम्पका कारण कम्तीमा ४७६ व्यक्ति घाइते भएका छन् ।

aa

पूर्वी पाकिस्तानको मिरपुरलाई केन्द्रविन्दु बनाएर सो भूकम्प गएको थियो । मङ्गलबार अपराह्नमा गएको यस भूकम्पको कारण पाकिस्तान प्रशासित काश्मिरका कतिपय स्थानहरूका घरहरूमा पूर्ण तथा आंशिक क्षति भएको, सडकमा ठूला–ठूला चिरा परेको, विद्युत्का पोलहरू ढलेको, टेलिफोनका टावरहरूमा क्षति भएको बताइएको छ ।

पूर्वी पाकिस्तान र भारतमा समेत झड्का महसुस भएको थियो । भूकम्प ५.८ रेक्टर स्केलको रहेको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) विभागले जनाएको छ । रासस

Loading...