fbpx

एमी ज्याक्सन बनिन् आमा, यस्तो राखिन् आफ्नो छोराको नाम

विराटनगर, ८ असोज । दक्षिण भारतीय तमिल फिल्म तथा बलिउडकी चर्चित अभिनेत्री एमी ज्याकसन आमा बनेकी छन् । उनले सोमबारका दिन आफ्नो पहिलो सन्तानका रूपमा छोरालाई जन्म दिएकी हुन् ।

aaa

एमीले आफू आमा बनेको र छोरालाई जन्म दिएको खबरलाई आफ्नो आधिकारिक इन्स्टाग्राममा पोस्ट सेयर गरेर जानकारी दिएकी हुन् । अस्पतालबाटै इन्स्टाग्राममा एमीले आफ्नो, आफ्ना फियान्से जियोर्ज र छोराको फोटो पोस्ट गर्दै ‘हाम्रो देवदुत, तिमीलाई यस संसारमा स्वागत छ, एन्ड्रियास’, भनेर क्याप्सन लेखेकी छन् ।

एमीले आफ्नो छोराको नाम एन्ड्रियास राखेकी छन् । सार्वजनिक गरिएको फोटोमा एमीले एन्ड्रियासलाई बोकेकी छन् र जियोर्जले एमीलाई निधारमा चुमेका छन् । फोटोका साथै उनले आफ्नो इन्स्टामा सुतिरहेको छोराको भिडियो पनि सार्वजनिक गरेकी छन् ।

एमी र जियोर्जले आगामी वर्षमा विवाह गर्ने निश्चय गरेका छन् । उनीहरूले आफ्नो विवाह ग्रीसमा गएर गर्ने विचार गरेका छन् । एमी पछिल्लो समय सुपरस्टार रजनीकान्त तथा अक्षय कुमार स्टारर फिल्म ‘२.०’मा देखिएकी थिइन् ।

Loading...