fbpx

सेन्ट्रल मलको दशैं अफर : एक हजारको सामान खरिद गर्दा हात खाली नजाने उपहार

मोरङ, ८ असोज । सेन्ट्रल मल विराटनगरले दशैं तिहार तथा छठ पर्वका लागि नयाँ अफर ल्याएको छ । असोज ११ गतेदेखि एक महिनासम्म लागू हुनेगरी ‘सेन्ट्रल मल महाउत्सव २०७६’ अफर ल्याएको हो ।

aa

मलले दुईवटा स्कूटर, दुईवटा मोटरसाइकल र बम्पर पुरस्कारमा थाइल्याण्डको बैंकक ट्रिपसहित विभिन्न उपहारको योजना ल्याएको छ । मलका सञ्चालक प्रकाश मुन्दडाका अनुसार एक हजारको सामाग्री खरिद गर्ने ग्राहकहरूले लक्की ड्रमा सहभागिता जनाउन पाउनेछन् । ग्रहकलाई एक हजारभन्दा बढीको सामाग्री खरिद गर्दा हात खाली नजाने उपहारहरूको व्यवस्था गरिएको उनले बताए ।

मुन्दडाका अनुसार ग्राहकले हातखाली नजाने उपहारमा क्यास ब्याक, सेन्ट्रल मल्ट्रिप्लेक्सको टिकट, डिस्काउण्ट टिकट गिफ्ट कार्ड पाउनेछन् । साप्ताहिक रूपमा माइक्रो ओभन, राइस कुकर, भ्याकुम क्लिनरलगायत पुरस्कार तीनजनाले पाउनेछन् । यस्तै दशैंको घटस्थापना, फूलपाति, लक्ष्मीपूजा र छठ पर्वको दिन एक–एक वटा मोटरसाइकल र स्कूटर लक्की ड्रमार्फत वितरण गरिनेछ ।

aaa

कात्तिक १६ गतेसम्म चल्ने अफरमा बम्पर पुरस्कार बैंकक ट्रिप राखिएको मुन्दडाले जानकारी दिए । गत फागुन २० गतेदेखि सञ्चालनमा आएको मलले दशैं तिहारलाई लक्षित गरी हरेक सामाग्रीको खरिदमा छुटको पनि व्यवस्था गरिएको छ ।

४९ रुपैयाँमा चिनी

सेन्ट्रमलले दशैंको अवसरमा ४९ रुपैयाँमा नै चिनी बिक्रीको सुरु गरेको छ । बजारमा चिनीको मूल्य ६५ रुपैयाँ प्रतिकेजी पर्छ । तर, मलले प्रतिकेजी ४९ रुपैयाँमा ग्राहकलाई चिनी उपलब्ध गराउनेछ । तर, ४९ रुपैयाँमा चिनी खरिद गर्न ८ सय रुपैयाँको अन्य सामान खरिद गरेको हुनुपर्ने छ । ७९९ रुपैयाँको अन्य सामान खरिद गरेका ग्राहकलाई मात्र प्रतिकेजी ४९ रुपैयाँमा चिनी बिक्री गरिँदै आएको मुन्दडाले बताए ।

Loading...