fbpx

कृषि विकास बैंक ह्याक गरि १ करोड ५० लाख बढी रकम झिक्ने पक्राउ

काठमाडौं ८ असोज । कृषि विकास बैंकको सिस्टम ह्याक गरि १ करोड ५६ लाख रुपैयाँ निकालिएको छ । प्रहरीले ह्याकगरि रकम चोरीमा संलग्न भएको आरोपमा ११ जनालाई विभिन्न ठाउँबाट पक्राउ गरेको छ ।

प्रहरीले मंगलबार राती उनीहरुलाई पक्राउ गरेपनि अनुसन्धान प्रकृया भर्खरै शुरु गरेको भन्दै थप जानकारी दिएको छैन् । अवैध रुपमा रकम निकालिएको भन्दै महानगरीय प्रहरी अपराध महाशाखाले उनीहरुलाई पक्राउ गरेको हो । राष्ट्र बैंकको प्रारम्भिक अनुसान्धाबाट भने ह्याकमा कर्मचारीको संलग्नता रहेको देखिएको छ ।

बैंककै कम्प्युटरको समेत प्रयोग गरि ह्याक गरिएको श्रोतले जनायो । बैंकको सिस्टमबारे जानकारले मात्रै यस्तो गर्न सक्ने भन्दै यसमा कर्मचारीहरुको समेत मिलोमतो भएको आशंका गरिएको हो । प्रहरीले पक्राउ गरेकाहरुमा बैंकका कर्मचारी छन् वा छैनन् भन्ने खुलेको छैन् । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्रले हृयाकरहरुले ब्यालेन्स सीट नै तल माथि गरि रकम निकालेका हुन् ।

Loading...