fbpx

पत्रपत्रिकामा देश : पर्यटकीय नाकानै लथालिङ्ग

विराटनगर ८ असोज । अस्तव्यस्त नाका देखेर तेश्रो मुलुकबाट भारत हुँदै नेपाल प्रवेश गर्ने पर्यटक रुपन्देहीको बेलहिया नाका देखेपछि गाडीबाट ओर्लिनै खोज्दैनन् । भारतीय गाइड वा बसका चालक सहचालकले नै झोलाभरी पासपोर्ट बोकेर ओर्लिन्छन् र एकमुष्ठ छाप लगाएर विदेशीलाई नेपालमा प्रवेशाज्ञा दिने गरेको समाचार नागरिक दैनिकमा छ । भत्किएको सडक, धुलो, भिडभाडले नाकामा आइपुगेका पर्यटकलाईमात्रै हैन सर्वसाधारणलाई पनि सास्ती हुने गरेको छ । पानी पर्दा झनै विजोग हुन्छ ।

हिलोले सडक हिडिनसक्नु हुन्छ । यो नाकाबाट श्रीलंका, थाइल्याण्ड, म्यानमार, चीन, कोरिया, अमेरिका, भियतनामलगायतका देशका पर्यटक नेपाल भित्रिने गरेका नागरिक दैनिकले समाचार छापेको छ । यो नाकाबाट वार्षीक १ लाख ५० हजार भन्दा बढी पर्यटक नेपाल भित्रिने गरेको बेलहिया अध्यागमन कार्यालय प्रमुख गिरिराज खनालले बताए ।

जाहाज १४, उड्छन ६ शिर्षकमा अन्नपूर्ण पोष्टमा मुख्य समाचार छ । नेपाल वायु सेवा निगमसँग १४ वटा जहाज भएपनि ६ वटा मात्रै उड्ने गरेका छन् । बाँकी रहेका सबै जहाज ग्रउण्डेड छन् । वेलामा मर्मत नगरि ठुलो समस्या आएपछि थन्काउने निगमको पुरानो रोग हो । बोइङ ७५७ एक वर्षदेखि ग्राउण्डेड छ । अर्काे बोइङ भने बीबी एयरवेजलाई विक्रि गरिएको छ । दशैँको मुखमा विदेशी एयरलाइन्सले नेपाली यात्रु खचाखच ओसारिरहेका छन् । नेपाल एयरलाइन्सको दुई नयाँ वाइडबडीमध्ये एउटा एक सातादेखि ग्राउण्डेड छ । ९ एनएएलवाई कलसाइन भएको अन्नपूर्ण विमानले तेल धेर खाएपछि ग्राउण्डेड गरिएको छ । कारण नेपाली विशेषज्ञले पहिचान गर्न नसकेपछि जहाज एकसातादेखि रोकिएको हो ।

सी विचारधाराको नेपल परीक्षण शिर्षकमा कान्तिपुर दैनिकमा मुख्य समाचार छ । चीनले सी विचारधारालाई लिएर विदेशी भूमिमा नेपालबाट वैचारीक अन्तरक्रिया गर्ने क्रम शुरु गरेको छ । यस्ता विरलै हुने गरेको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङको आसन्न नेपाल भ्रमणको पूर्वसन्ध्यामा उनकै नाममा राखिएको अन्तक्र्रिया गरिएको हो । सत्तारुढ नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच मंगलबार औपचारिक समझदारी समेत भएको छ । नेकपाका विदेश विभाग प्रमुख माधवकुमार नेपाल र नोपल भ्रमणमा रहेका सीपीसीका अन्तर्राष्ट्रिय विभाग प्रमुख सोङ ताओले पार्टीगत सहयोग, भ्रमण लगायतका विषय समेटिएको समझदारीमा हस्ताक्षर गरे ।

नयाँ पत्रिका दैनिकमा हुँदै नभएको प्रदेश प्रहरीको लागि कारोडौंको गाडी शिर्षकमा मुख्य समाचार छ । गठन नै नभएको प्रदेश प्रहरीको लागि सुदुरपश्चिम सरकारले ३ करोड ३३ लाखमा ९ वटा गाडी किनेर थन्क्याएको छ । बजेट सक्ने गत असार अन्तिमतिर टाटा कम्पनीका गाडी किनेको हो । आर्थिक वर्षको अन्त्यमा हतार हतार गाडी किनेर संघीय सरकार मातहतकै प्रहरीलाई बुझाइएको छ । प्रदेश १ ले ११ करोडमा मोटरसाइकल, पिकअप भ्यान किनेर नेपाल प्रहरीलाई बाड्यो । चालु आर्थिक वर्षमा थप २ सय ३५ मोटरसाइकल किन्ने योजना छ । प्रदेश २ ले प्रदेश प्रहरीको लागि १६ करोड बजेट विनियोजन गरेको छ । जिल्ला प्रहरीका लागि ४३ लाखको गाडी किनियो ।

Loading...