fbpx

विपन्नलाई सनराइजको झुल सहयोग

विराटनगर ७ असोज । सनराईज बैंक लि. इटहरी शाखाले बैंकको १२ औं वार्षीक उत्सवको अवसरमा मंगलबार इटहरी ३ मा झुल वितरण गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत एपेक्स हस्पिटल प्रा. लि. इटहरीसंगको सहकार्यमा सुनौलो टोलमा “फाइट द मस्क्युटो बाइट” भन्ने नारासहित डेंगु सचेतना कार्यक्रम गरि झुल वितरण गरेको हो ।  बैंकका प्रदेश १ प्रमुख विवेक कुमार निरौलाले डेंगु सरुवा रोग भएकोले लामखुट्टेको टोकाइबाट बच्न प्रयास गर्नुपर्ने बताए । टोलमा विपन्न परिवार, एकल महिलासमेत गरी एकसय थान झुल वितरण गरिएको थियो ।

एपेक्स हस्पिटलका बरिष्ठ खोप प्रशिक्षक अग्नी तिम्सिना तथा संचालक अमर पोखरेलले डेंगु र यस रोगको लक्षण, प्रकार, रोकथाम र उपचार विधिबारे स्थानीयलाई जानकारी गराएका थिए ।

Loading...