fbpx

प्रधानमन्त्रीकै कारण सरकारको बद्नाम : कांग्रेस नेता

विराटनगर ७ असोज । नेकपाका सरकारको नेतृत्व गर्ने प्रधानमन्त्री केपी ओलीका कारण सरकारप्रति जनतामा निरासा उत्पन्न भएको कांग्रेसका नेताहरुले आरोप लगाएका छन् । उनीहरुले प्रधानमन्त्री ओलीकै कारण सरकारको बद्नाम भएको आरोप समेत लगाए ।

नेपाली कांग्रेसको जागरण अभियानअन्तर्गत मोरङको रंगेलीमा मंगलबार विरोध सभामा बोल्दै कांग्रेस केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका सांसद डा. मिनेन्द्र रिजालले प्रधानमन्त्री ओलीको वचन र काम गराइका कारण जनतामा चरम निरासा उत्पन्न भएको बताए । सरकारले संविधान विरोधी काम गरिरहेको भन्दै उनले भने ‘‘सभामुख र उपसभामुख एउटै पार्टीको बनाउने भन्ने संविधान छ ?’’

देश समृद्धितर्फ जानु पर्ने जान नसकेको बरु विकृति, विसंगति र भ्रष्टाचारले थप बढावा पाएको रिजालको भनाइ थियो ।
कांग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरेले जनताबाट आवधिक रुपमा अनुमोदित भएर सरकार बन्ने प्रक्रिया भएपनि यो सरकारलाई मत दिएको प्रति अहिले जनताले थकथकी गर्ने अवस्था आएको सुनाए ।

अभियानका केन्द्रीय प्रतिनिधि भगिरथ पोद्धारले जनताको पिरमर्का बुझ्नुको साटो आफ्ना कार्यकर्ता पोस्न उद्धत रहेको बताए । मैथिलीमा भाषण गरेका पोद्धारले हिजो मधेश र मधेशीका लागि त्याग गर्ने भनेर हिंडेका उपेन्द्र यादव जस्ता नेतासमेत सरकारमा गई आफ्नो अभिष्ट पुरा गर्न लागेको बताए ।

Loading...