fbpx

‘धुपौरे’ मा अनमोल फाइनल, तिहारपछि छायांकनमा जाने

विराटनगर, ७ असोज । नयाँ फिल्म ‘धुपौरे’मा अहिलेका युवापुस्तामाझ चर्चित अभिनेता अनमोल केसी फाइनल भएका छन् । ‘त्यान्द्रो’ फेम्ड चर्चित निर्देशक साम्तेन भुटियाको निर्देशनमा निर्माण हुन लागेको फिल्ममा अभिनय गर्नका लागि उनले सम्झौता गरिसकेका छन् ।

डार्क एक्सन तथा लभ स्टोरी जनरामा निर्माण हुन लागेको फिल्मलाई तिहारपछि छायांकन गरिने जानकारी दिइएको छ । फिल्मको लोगो पनि छिट्टै सार्वजनिक गरिने भएको छ । गत वर्ष ‘अनागत’ को एक कार्यक्रममा नै साम्तेनले आफ्नो नयाँ फिल्म अनमोललाई अफर गरेको खुलासा गर्दै अन्त्यमा ‘धुपौरे’ मा दुईबीच टिम अप भएको खबर सार्वजनिक गरेका छन् ।

sdf

फिल्ममा अहिलेसम्म अनमोलबाहेक अरु कलाकारहरूको टुंगो लागेको छैन । अब बाँकी कलाकारको छनोट प्रक्रिया सुरु गर्ने तयारीमा निर्माण टिम रहेको छ । अनमोलले साम्तेनको फिल्म गर्नका लागि ५० लाखको आसपासमा पारिश्रमिक बुझेको खबर बाहिरिएको छ । तर, यसबारेमा निर्माण टिमबाट कुनै आधिकारिक जानकारी भने प्राप्त भएको छैन ।

‘धुपौरे’ साम्तेनको ड्रिम प्रोजेक्ट रहेको बताइएको छ । ‘ए मेरो हजुर ३’ पछि अनमोलले बाहिरी ब्यानरको फिल्म साइन नगरीआफ्नो होम प्रोडक्सनको फिल्म ‘एन्टी हिरो’ गर्ने तयारीमा रहेका छन् । तर, यो फिल्मको छायांकन सुरु हुन केही ढिलाई हुने भएपछि उनले साम्तेनको ‘धुपौरे’ साइन गरेका हुन् ।

कलाकारहरूको टुंगो लाग्ने बित्तिकै केही दिनमा फिल्मको औपचारिक निर्माण घोषणा गरिने भएको छ । फरक धारका फिल्म बनाउने निर्देशकको रूपमा चिनिएका साम्तेनको निर्देशनमा बनेको अभिनेता आर्यन सिग्देल अभिनित नयाँ फिल्म ‘च च हुई’ आउँदो मंसिर ६ गते प्रदर्शनमा आउने पक्का भइसकेको छ ।

Loading...