fbpx

हिमाल सागरको ‘कल्लाई थाहा छैन’ सार्वजनिक, यसरी नाचे रेश्मा र पुष्प (भिडियोसहित)

विराटनगर, ७ असोज । गायक हिमाल सागरको ‘कल्लाई थाहा छैन’ बोलको गीत सार्वजनिक भएको छ । गीतलाई ग्रिष्म म्युजिकको युटुब च्यानलमार्फत् उक्त गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गरिएको गीतलाई गायक हिमाल सागर र स्मिता दाहालले स्वर दिएका छन् । यादव लम्सालको शब्द रहेको गीतमा अर्जुन पोखरेलले संगीत भर्नुका साथै एरेन्ज पनि गरेका छन् ।

रोमान्टिक जनरामा डान्स प्रस्तुति रहेको गीतमा अभिनेता पुष्प खड्का र मोडल तथा नायिका रेश्मा घिमिरेलाई देख्न सकिन्छ । प्रवीण सिंह, सञ्जय लामा र अनिश क्षेत्रीको सहकार्य कोरियोग्राफीमा पुष्प र रेश्माले धमाकेदार नृत्य प्रस्तुत गरेका छन् । सुब्रत राज आचार्यको निर्देशनमा तयार भएको गीतमा सम्पन्नता बिन्दुकार सहायक निर्देशनको रुपमा रहेकी छन् ।

दिपेन गौतमको निर्माण रहेको गीतको भिडियोलाई नवराज उप्रेतीले छायांकन गरेका हुन् । साजन शाहले मिक्सिंग गरेको गीतको भिडियोलाई विकाश ज्ञवालीले सम्पादन गरेका हुन् ।

Loading...