birat ribon

दैनिक अमलाको जुस पिउनुका छन् फाइदै–फाइदा

Neuro
दैनिक अमलाको जुस पिउनुका छन् फाइदै–फाइदा

विराटनगर, ७ असोज । अमला भिटामिन ‘सी’ को राम्रो स्रोत भएकै कारण यसलाई मानिसहरूले खान मन पराउने गर्छन् । आयुर्वेदमा अमलालाई राखेर यसबाट विभिन्न औषधिहरू निर्माण गर्नुका साथै अमलाको रसलाई औषधिको रूपमा पनि प्रयोग गरिन्छ ।

अमलामा क्याल्सियम, प्रोटिन भिटामिन, मिनरल्सलगायत विभिन्न पोषक तत्त्व हुन्छन् । अमलामा सुन्तलामा भन्दा २० गुणा बढी भिटामिन ‘सी’ को मात्रा पाइन्छ । अमलालाई यतिकै, सुख्खा चूर्ण, तथा अचारको रूपमा खानुभन्दा पनि यसको रस निकालेर खाने गर्दा मानव स्वास्थ्यमा निकै लाभदायिक हुने गर्छ । अमलाको रसको नियमित सेवनले आँखाको ज्योति बढाउनुका साथै, तेजिलो दिमाग र कपाल फुल्ने तथा छालामा लाग्ने रोगजस्ता विभिन्न समस्याबाट टाढा राख्न मद्दत गर्छ ।

cura insider

नियमित रूपमा अमलाको जुसको सेवनले पाचन प्रणालीलाई मजुबत बनाएर राख्छ । जसकारण कब्जियत हुन सक्दैन, झाडापखाला रोक्नुका साथै ग्यास्ट्रिकलाई पनि केही हदसम्म नियन्त्रण गर्नुका साथै पेटमा देखा पर्ने अन्य समस्याहरूबाट मुक्ति मिल्छ । अमलाको जुस पिउनले मुटुको समस्याबाट जोगाउने गर्छ । त्यसका साथै यसमा महँ मिसाएर पिउँदा रक्तचापलाई सन्तुलन गरेर रगतलाई समेत शुद्ध बनाउनुका साथै अनुहारमा डण्डीफोर आउने समस्याबाट पनि मुक्ति पाइन्छ ।

साथै शरिरको मोटोपन पनि घटाउँछ । अमलाको जुसमा पानीको मात्रा बढी हुने भएकाले पिसाबसम्बन्धी समस्यालाई निवारण गर्नुका साथै यसको सेवन गर्नाले मिर्गौला तथा फोक्सोसँग सम्बन्धित रोगहरू लाग्न दिँदैन । अमलाको जुसलाई केरासँग मिसाएर खाएमा महिलाहरूको महिनावारीमा हुने समस्यालाई समेत निवारण गर्न सकिन्छ ।

अमलाको रसले शरीरमा रहेको अनावश्यक नुन, एसिडलाई पिसाबका माध्यमबाट बाहिर निकालेर शरीरको रोग प्रतिरोधक क्षमता मजबुत बनाउनुका साथै युरिक एसिड लाग्न दिँदैन । दैनिक अमलाको जुसको सेवन गर्दा पत्थरी हुनबाट जोगाउनुका साथै युवाहरूमा यौवन शक्ति र वृद्धहरुमा युवाअवस्थामा जस्तै जोस र जाँगर प्रदान गर्छ ।

jackson ribon