fbpx

राष्ट्रकवि माधवप्रसाद घिमिरेको आज १०१औं जन्मदिन

विराटनगर, ७ असोज । नेपाली साहित्यका व्यक्तित्त्व राष्ट्रकवि माधवप्रसाद घिमिरे १०१ वर्ष लागेका छन् । राष्ट्रकवि घिमिरेले आज मंगलबारका दिन आफ्नो १०१ औँ जन्मोत्सव मनाइरहेका हुन् । उमेरको एक शताब्दी पार गरेका राष्ट्रकवि घिमिरेलाई विभिन्न क्षेत्रबाट शुभकामना दिने क्रम जारी रहेको छ ।

aa

राष्ट्रकविको जन्मोत्सवका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि उनको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले आफ्नो ट्वीटरमा काव्यसाधक घिमिरेलाई जन्मदिनको बधाई ज्ञापन गर्दै नेपाली वाङ्मयले अझै लामो समय उहाँका साधनामय सिर्जना प्राप्त गर्न सकोस् भनेर लेखेका छन् ।

विसं १९७६ असोज ७ गते लमजुङको पुस्तुन बाहुनडाँडामा जन्मेका कविवर घिमिरे नेपाली जनजीवनमा लोकप्रिय कवि हुन् । बाल्यवस्था देखिनै साहित्य लेखनमा सक्रिय घिमिरेले १०१ वर्षको उमेरमा पनि लेखनलाई निरन्तरता दिँदै आएका छन् । उनले फुटकर कविता, खण्डकाव्य, गीतीनाटक, कथा, अनुवाद लेखनजस्ता साहित्यका विभिन्न विधामा कलम चलाएका छन् ।

Loading...