fbpx

प्रदेश १ मा ४० करोड मात्र नयाँ नोट, आइतबारदेखि बाँड्ने राष्ट्र बैंकको तयारी

मोरङ, ७ असोज । दशैंका लागि आइतबारबाट नयाँ नोट वितरण गरिने भएको छ । राष्ट्र बैंक क्षेत्रीय कार्यालय विराटनगरले आइतबारबाट सर्वसाधरणका लागि नयाँ नोट वितरणको तयारी थालेको हो ।

राष्ट्र बैंक क्षेत्रीय कार्यालय विराटनगरका प्रमुख रोशन सिग्देलका अनुसार आइतबारबाट एकजना सर्वसाधरणलाई १६ हजार ५ सय रुपैयाँ मात्र नयाँ नोट साट्न दिइने छ । बैंकले विराटनगर कार्यालयबाट मात्र नयाँ नोट वितरण गर्नेछ । आइतबारबाट सर्वसाधरणलाई वितरण खुला गरेपछि वाणिज्य तथा विकास बैंकहरूलाई पनि केही रकम उपलब्ध गराउने उनले बताए ।

उनका अनुसार दशैंका लागि विराटनगरमा नयाँ नोट पनि थोरै आएको छ । ‘यो वर्ष पहिलेको जस्तो नयाँ नोट आएको छैन्’ उनले भने, ‘हामीसँग ४० करोड जति मात्र नयाँ नोट छ ।’ दशैंमा नयाँ नोटसँगै सुकिला नोटको स्टक पनि कम छ । नयाँ नोट थोरै आएका कारण अन्य बैंकहरूलाई वितरण गरिने नोट पनि विगतभन्दा कम हुने उनले बताए ।

Loading...