birat ribon

नर्सिङ अस्पतालमा आगलागी, दुई वृद्धको मृत्यु

Neuro
नर्सिङ अस्पतालमा आगलागी, दुई वृद्धको मृत्यु

सोल, ७ असोज । दक्षिण कोरियाको एक नर्सिङ अस्पतालमा आगलागी हुँदा दुई व्यक्तिको मृत्यु भएको छ । दक्षिण कोरियामा रहेको एक अस्पतालमा भएको आगलागीमा परी दुई वृद्धको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले मङ्गलबार जानकारी दिएका छन् ।

दक्षिण कोरियाको राजधानी शहर सोलबाट करिब ३० किलोमिटर पश्चिममा रहेको सो अस्पताल भवनको पाँचौं तलाबाट सो आगलागी शुरु भएको र चौथो, तेस्रो तलामा आगो लागेको बताइएको छ । यस आगलागीमा अन्य ३६ जना घाइते भएका छन् ।

cura insider

स्थानीय समयाअनुसार मङ्गलबार ९ः३० बजे आगोलागी शुरु भएको थियो । करिब १ सय ३० जना वृद्धहरूलाई नर्सिङ सुबिधा दिएर राखिएको यस अस्पतलामा घाइते भएकाहरूमध्ये छ जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ । रासस

jackson ribon