birat ribon

ला लिगा : भिल्लारियलसँग भिड्दै बार्सिलोना, अन्य दुई खेल पनि आजै

Neuro
ला लिगा : भिल्लारियलसँग भिड्दै बार्सिलोना, अन्य दुई खेल पनि आजै

विराटनगर, ७ असोज । स्पेनिस ला लिगामा आज तीन खेलहरू हुँदैछन् । जारी लिगको छैटौं साताअन्तर्गतका खेलहरूमा आज ६ टोली प्रतिस्पर्धामा उत्रन लागेका हुन् ।

आजको खेलमा साबिकको विजेता बार्सिलोना पनि प्रतिस्पर्धामा छ । नेपाली समयअनुसार १२ः४५ बजेबाट सुरु हुने खेलमा डिफेन्डिङ च्याम्पियन बार्सिलोनाले भिल्लारियलसँग खेल्न लागेको हो । यो खेल बार्सिलोनाकै घरेलु मैदान क्याप नोउमा हुनेछ ।

cura insider

ga

आजको यस खेलमा बार्सिलोना अंक तालिकामा सुधार गर्ने दाउमा छ । हाल लिगको आठौं स्थानमा रहेको बार्सिलोना शीर्ष क्लबहरूसँगको अंक दूरी घटाउने दाउमा छ । अहिले ५ खेल खेल्दा बार्सिलोनासँग ७ अंक छ । उसले २ खेलमा १ खेलमा बराबरी र २ खेलमा हार ब्यहोरेको छ । यता, आजको बार्सिलोनाको प्रतिद्वन्द्वी क्लब भिल्लारियल भने सातौं स्थानको टोली हो । उसँग समान ५ खेलबाट ८ अंक छ ।

आजको खेलबाट बार्सिलोनाका स्टार खेलाडी ओसमान डेम्बेले मैदान फर्किँदै छन् । केही समयअघि घाइते भएका उनी यस खेलबाट मैदान फर्किन लागेका हुन् । यस्तै आजको खेलमा कप्तान लियोनल मेस्सीले पनि खेल्नेछन् भने उनका अलाबा एन्टोइन ग्रिजम्यान, लुइस स्वारेज, फ्रेन्की डी योङ, अन्सु फाति, जेरार्ड पिकेजस्ता खेलाडीलाई स्क्वाडमा राखिएको छ ।

आज हुने खेलहरूः

  1. भाल्लाडोलिड भर्सेस् ग्रानडा– राति ७ः४५ बजे
  2. रियल बेटिस भर्सेस् लेभान्टे– राति १०ः४५ बजे
  3. बार्सिलोना भर्सेस् भिल्लारियल– राति १२ः४५ बजे

jackson ribon