birat ribon

मोबाइलको ब्याट्रीअनुसार मानिसको मूड र सोचमा पनि आउन सक्छ परिवर्तन

Neuro
मोबाइलको ब्याट्रीअनुसार मानिसको मूड र सोचमा पनि आउन सक्छ परिवर्तन

विराटनगर, ७ असोज । मोबाइल फोनको ब्याट्रीको पर्सेन्टअनुसार मानिसहरूको मूड तय हुनुका साथै उनीहरूको सोचमा समेत परिवर्तन आउने गरेको हुन्छ । लन्डनमा गरिएको एक अध्ययनका अनुसार मानिसको मूड र सोचमा मोबाइलको ब्याट्रीले गर्दा परिवर्तन आउने पाइएको हो । अहिलेको समयमा मानिसको दैनिक जीवनसँग सबैभन्दा आवश्यक वस्तु मोबाइल भइसकेको छ ।

मोबाइल फोनले घडी, क्यामरा, रेडियो, टिभीलगायतका कामहरू गर्ने भएको हुँदा हामीहरूलाई मोबाइलको लत लागिसकेको छ । धेरै समय मोबाइल चलाउने गर्दा मोबाइलको ब्याट्री छिट्टै सकिने हुन्छ । टेक्नोलोजीले मान्छेको जिन्दगी कब्जा गरेको निकै भइसक्यो । अब त मोबाइल फोनको ब्याट्री नटिक्ने समस्याले मानिसको दिमागलाई कब्जा गर्न थालेको र यसले गर्दा धेरै मानिसहरू तनावमा समेत रहन थालेका छन् ।

cura insider

aa

हालै लन्डन विश्वविद्यालयका मार्केटिङ रिसर्चर थोमर रबिन्सनले फिनल्यान्डको अल्टो विश्वविद्यालयसँग मिलेर गरेको रिसर्चका अनुसार फोनको ब्याट्री सधैँजसो फूलचार्ज रहने व्यक्तिहरूमा फोनका साथै आफ्नो शरीरको ऊर्जाको समेत लामो समयसम्म उपयोग गर्न सक्ने हुँदा यस्ता व्यक्तिहरू ज्यादा व्यवस्थित रहने पाइएको छ ।

अर्कोतर्फ, जो व्यक्तिहरू आफ्नो फोनको ब्याट्रीमाथि खासै ध्यान नदिने तथा जसको फोनको ब्याट्री धेरैजसो समय ५० प्रतिशतभन्दा कम रहेको हुन्छ, उनीहरूको जीवन अस्तव्यस्त भइरहेको हुने गर्छ । अध्ययनले देखाएअनुसार फोनमा ७० वा सोभन्दा बढी चार्ज हुने व्यक्तिहरूको सोचाइ एकदम सकारात्मक र दिनमा पनि सुखद् महसूस गर्ने गर्छन् ।

आधा वा त्योभन्दा कम ब्याट्री हुँदा मनमा नकारात्मकता बढ्नुका साथै तनाव र चिन्ताले ठाउँ लिन थाल्छ । अझ फोनको ब्याट्री ३० प्रतिशतभन्दा तल झरेपछि त यो चिन्ता झन् गहिरो बन्दै जाने हुन्छ । सधैँजसो मोबाइलमा कम ब्याट्री हुनेहरू धेरैजसो अरुमाथि निर्भर भएको र उनीहरूको सामाजिक दायरा पनि निकै साघुँरो रहने गर्छ । जो व्यक्ति आफ्नो फोनको ब्याट्रीलाई प्रभावकारी ढंगले ‘म्यानेज’ गर्न सक्दैनन्, उनीहरू आफ्नो जीवनलाई पनि म्यानेज गर्न कठिनाइ महसूस गरिरहेको उक्त अध्ययनले देखाएको छ ।

jackson ribon