fbpx

करिश्मा मानन्धरलाई ‘मिसेस् नेपाल’ को उपाधि

विराटनगर, ७ असोज । अभिनेत्री करिश्मा मानन्धरलाई ‘आजीवन मानार्थ मिसेस् नेपाल इन्टरनेशनल’ को उपाधिबाट सम्मानित गरिएको छ । गत शनिबार रिबन इन्टरटेनमेन्टलले आयोजना गरेको विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगितामा करिश्माले ‘आजीवन मानार्थ मिसेस नेपाल इन्टरनेशन’को उपाधि हात पार्न सफल भएकी हुन् ।

ll

कार्यक्रममा पूर्वप्रधानसेनापति रुकमाङ्गद कट्वाल र अभिनेता राजेश हमालले करिश्मालाई क्राउन लगाइदिएका थिए । नेपाल प्रज्ञा प्रतिष्ठानमा शनिबार सम्पन्न भएको प्रतियोगितामा विभिन्न पेशामा आवद्ध ३० जना विवाहित महिलाबीच प्रतियोगिता गराइएको थियो ।

उक्त प्रतियोगितामा ‘मिसेस नेपाल इन्टरनेशनल’ को उपाधि महेन्द्रनगरकी भाविषा कोइराला चटौल र ‘एमएस नेपाल इन्टरनेशनल २०१९’ को उपाधि महोत्तरीकी रंगीना लाईकग्बमाई प्रदान गरिएको थियो । अभिनेत्री करिश्मा मानन्धरले आफूले उक्त उपाधि हासिल गर्न पाउँदाको यो पललाई आफ्नो जीवनको सबैभन्दा अमूल्य समय रहेको बताइन् ।

सौन्दर्य प्रतियोगितामा पूर्वप्रधानसेनापति, अभिनेता राजेश हमाल, प्रमुख निर्णायक तथा मिस नेपालका आयोजक गोपाल सुन्दरलाल कक्षपति, मिसेस नेपाल इन्टरनेसनल २०१५ सविता लामिछाने, मिस नेपाल २०१५ इभाना मानन्धर र गायक डा. आभास लाभ निर्णायकको रूपमा रहेका थिए ।

Loading...