birat ribon

मेस्सीले ‘फिफा बेस्ट अवार्ड’ जित्दा रोनाल्डो इन्स्टाग्राममा गरे यस्तो पोस्ट

Neuro
मेस्सीले ‘फिफा बेस्ट अवार्ड’ जित्दा रोनाल्डो इन्स्टाग्राममा गरे यस्तो पोस्ट

एजेन्सी, ७ असोज । इटालियन क्लब युभेन्टसका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले विश्व फुटबल महासंघ (फिफा)को अवार्ड वितरणपछि सामाजिक सञ्जालमा दार्शनिक सन्देश पोस्ट गरेका छन् । अघिल्लो राति इटालीको मिलानस्थित टिट्रो अल्ला स्कालामा भव्य समारोहका बीच भएको उक्त कार्यक्रममा अनुपस्थित रहेका रोनाल्डोले इन्स्टाग्राममा एक दार्शनिक भनाइ राखेका हुन् ।

aa

cura insider

फिफाले प्रदान गरेको ‘फिफा बेस्ट प्लेयर अफ दि इयर’को अवार्ड बार्सिलोनाका कप्तान लियोनल मेस्सीले जितेका थिए । यो अवार्ड जित्ने क्रममा अर्जेन्टिनी कप्तान मेस्सीले रोनाल्डोका साथै लिभरपुलका स्टार भर्जिल भान डाइकलाई पनि पछि पारेका थिए । पब्लिक भोटिङ र प्रदर्शन मूल्याङकनका आधारमा मेस्सी फिफाको वर्ष खेलाडी बने ।

फिफाले मेस्सीलाई सदस्य राष्ट्रको कप्तान, प्रशिक्षक, खेल पत्रकार र समर्थकको भोटका आधारमा फिफा वर्ष खेलाडी घोषणा गरेको हो । मेस्सीले अवार्ड जित्ने क्रममा कूल ४६ प्रतिशत मत प्राप्त गर्दा भान डाइकले ३८ तथा रोनाल्डोले ३६ प्रतिशत मत प्राप्त गरेका थिए ।

aa

यस अवार्डमा तेस्रो बनेका रोनाल्डो अवार्ड कार्यक्रममा सरिक भएनन् । उनले त्यसै समयमा आफ्नो सामाजिक सञ्जाल इन्स्टाग्राममा दार्शनिक भनाइ राखे । सिरी ‘ए’ अन्तर्गत भेरोनाविरुद्धको खेलमा घाइते भएका रोनाल्डोले इन्स्टाग्राममा लेखेका छन्, ‘धैर्यता र दृढता दुवै विशेषताले व्यवसायीक र शोकहरूबाट अलग गर्छन् ।’

उनले लेखेका छन्, ‘अहिले जो सुकै ठूलो छ, त्यो सानो हुन सुरु भएको छ । तपाईं सबैथोक गर्न सक्नुहुन्न, तर आफ्नो सपना साकार गर्नका लागि तपाईं सबै गर्न सक्नुहुन्छ । र, यो कुरा ध्यानमा राख्नुहोस् कि सधैं रातपछि बिहान आउँछ ।’

यस अवार्डका लागि मेस्सीले रोनाल्डोलाई भोट दिँदा रोनाल्डोले भने मेस्सीलाई भोट गरेनन् । मेस्सीले ५ अंकको पहिलो मत लिभरपुलका साडियो मानेलाई दिएका थिए भने दोस्रो स्थानको ३ अंकको भोट रोनाल्डोलाई दिएका थिए । यस्तै मेस्सीले १ अंकको तेस्रो भोट आफ्ना सहकर्मी फ्रेन्की डी योङलाई दिएका थिए ।

तर, ३४ वर्षीय रोनाल्डोले भने यस अवार्डका लागि पहिलो भोट आफ्ना सहकर्मी माथिस डी लिग्टलाई दिएका थिए भने दोस्रो बार्सिलोनाका नयाँ खेलाडी फ्रेन्की डी योङ तथा तेस्रो भोट पीएसजीका स्टार किलियन एम्बाप्पेलाई दिएका थिए ।

सम्बन्धित समाचारहरु:

फिफा बेस्ट प्लेयर : मेस्सीको भोट रोनाल्डोलाई, रोनाल्डोको कसलाई ?

फिफा वर्ष टिममा अटाएनन् नेयमार, मेस्सीलाई पछि पार्दै डानियलले जिते पुस्कस अवार्ड

लिभरपुलका एलिसन बने ‘फिफा बेस्ट गोलकिपर’

मेस्सी बने सर्वाधिक धेरैपटक ‘फिफा बेस्ट प्लेयर’ अवार्ड जित्ने खेलाडी

रोनाल्डो र भान डाइकलाई उछिन्दै मेस्सीले जिते ‘फिफा वर्ष खेलाडी’ को उपाधि !

jackson ribon