fbpx

घुन्सा दुर्घटनाको सम्झना

ताप्लेजुङको घुन्सामा १३ बर्ष अघि हेलिकप्टर दुर्घटनामा परि डा हर्क गुरुङ लगायत २४ जनाको निधन भएको दिन ७ असोज २०६३ लाई स्मरण गर्दै तिलकुमार मेन्यांगबो समाजिक सञ्जाल फेसबुकमा सम्पुर्णमा भावपुर्ण श्रद्धाञ्जली व्यक्त्त गर्दै लेख्छन ,

दुर्घटनामा तत्कालीन वन तथा भू(संरक्षण राज्य मन्त्री गोपाल राई, राईकी श्रीमती मीना राई, भूगोल तथा योजनाविद् डा। हर्क गुरुङ, संरक्षणविद् डा। तीर्थमान मास्के, वन तथा भू संरक्षण मन्त्रालयका तत्कालीन सचिव डा। दामोदर प्रसाद पराजुली, राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु विभागका महानिर्देशक नारायण पौडेल विश्व वन्यजन्तु कोष नेपालका प्रतिनिधि डा। चन्द्र प्रकाश गुरुङ, विश्व वन्यजन्तु कोष एसिया प्यासिफिक प्रमुख मिङ्मा शेर्पा, ताप्लेजुङ उद्योग वाणिज्य संघका सदस्य विजय कुमार श्रेष्ठ, ताप्लेजुङका दावा शेर्पा, दुई सञ्चारकर्मी लगायत संरक्षण क्षेत्रमा समर्पित स्वदेशी तथा विदेशी गरी २४ जनाको निधन भएको थियो ।

Loading...