birat ribon

फिफा बेस्ट प्लेयर : मेस्सीको भोट रोनाल्डोलाई, रोनाल्डोको कसलाई ?

Neuro
फिफा बेस्ट प्लेयर : मेस्सीको भोट रोनाल्डोलाई, रोनाल्डोको कसलाई ?

एजेन्सी, ७ असोज । विश्व फुटबल जगतमा पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीबीच प्रतिस्पर्धीको सम्बन्ध छ । खेल मैदान र मैदानबाहिर दुवै खेलाडीको प्रतिद्वन्द्विता कडा छ ।

यसै कडा प्रतिद्वन्द्विताबीच बार्सिलोनाका कप्तान मेस्सीले सन् २०१९ को ‘फिफा बेस्ट प्लेयर’को अवार्ड हात पारे । उनका आफ्ना खास प्रतिद्वन्द्वी रोनाल्डोका साथै लिभरपुलका डिफेन्डर भर्जिल भान डाइकलाई उछिन्दै फिफा वर्ष खेलाडीको उपाधि जिते ।

cura insider

sdf

मेस्सी, रोनाल्डो र डाइकमध्येबाट पब्लिक भोटिङ र प्रदर्शन मूल्याङकनका आधारमा मेस्सीलाई वर्ष खेलाडी छनोट गरिएको हो । फिफाले मेस्सीलाई सदस्य राष्ट्रको कप्तान, प्रशिक्षक, खेल पत्रकार र समर्थकको भोटका आधारमा फिफा वर्ष खेलाडी घोषणा गरेको हो । मेस्सीले अवार्ड जित्ने क्रममा कूल ४६ प्रतिशत मत प्राप्त गरेका थिए भने युरोपियन च्याम्पियन्स क्लब लिभरपुलका भान डाइकले ३८ तथा रोनाल्डोले ३६ प्रतिशत मत प्राप्त गरेका थिए ।

यस अवार्डका लागि मेस्सीले ५ अंकको पहिलो मत लिभरपुलका साडियो मानेलाई दिएका थिए भने दोस्रो स्थानको ३ अंकको भोट रोनाल्डोलाई दिएका थिए । यस्तै मेस्सीले १ अंकको तेस्रो भोट आफ्ना सहकर्मी फ्रेन्की डी योङलाई दिएका थिए ।

तर, रोनाल्डाले भने यस अवार्डका मेस्सीलाई भोट गरेनन् । उनले लागि पहिलो भोट आफ्ना सहकर्मी माथिस डी लिग्टलाई दिँदा दोस्रो बार्सिलोनका फ्रेन्की डी योङ तथा तेस्रो भोट पीएसजीका स्टार किलियन एम्बाप्पेलाई दिएका थिए ।

aa

नेपालको भोट कसलाई ?

यस अवार्डका लागि नेपालका कप्तान विराज महर्जनले पहिलो भोट रोनाल्डोलाई दिँदा दोस्रो भोट मेस्सी तथा तेस्रो भोट भान डाइकलाई दिएका थिए । यस्तै नेपालका प्रशिक्षक योहान कालिनले पहिलो भोट मेस्सीलाई दिए भने दोस्रो रोनाल्डो तथा तेस्रो मत भान डाइकलाई दिए । यसैगरी ‘दि काठमाण्डु पोस्ट’का रितेश रिजालले पहिलो भोट मेस्सीलाई दिए भने दोस्रो एमबाप्पे तथा तेस्रो भोट भान डाइकलाई दिए ।

मेस्सीले यो अवार्ड जितेसँगै सर्वाधिक धेरै ६ पटक यो अवार्ड हात पार्दै नयाँ कीर्तिमान राखेका छन् । यसअघि यो कीर्तिमानमा रोनाल्डो र मेस्सी दुवैको नाम थियो । किनकी, यी दुवैले समान ५–५ पटक यो अवार्ड जितेका थिए । तर, सन् २०१९ को यो अवार्ड जितेसँगै मेस्सीले सर्वाधिक धेरै ६ पटक यो अवार्ड जित्दै आफ्नो करिअरमा नयाँ इतिहास रचे । उनले यसअघि सन् २००९, २०१०, २०११, २०१२ र २०१५ मा यो अवार्ड जितेका थिए ।

jackson ribon