fbpx

कक्षा ११ को नतिजा प्रकाशित, यसरी हेर्नुहोस् रिजल्ट

विराटनगर ७ असोज । राष्ट्रिय परिक्षा बोर्डले कक्षा ११ को नतिजा प्रकाशित गरेकाे छ । बाेर्डले मंगलबार नतिजा प्रकाशित गरेकाे हाे । गत जेठमा सम्पन्न कक्षा ११ को परीक्षामा देशभरबाट पाँच लाख नौं हजार परीक्षार्थी सहभागी थिए ।

बोर्डले अघिल्लो वर्षभन्दा यसपालि नतिजा छिटो प्रकाशित गरेको छ । यसअघि कक्षा १२ को परीक्षा पनि अघिल्लो वर्षभन्दा छिटो प्रकाशित भएको थियो ।

५ लाख ९ हजार ५२ जना परीक्षार्थीले ११ को परिक्षा दिएका थिए ।

रिजल्ट यहाँबाट हेर्नुहोस्

रिजल्ट हेर्नकालागि नेपाल टेलिकमकाे १६०१  नम्बरमा डायल गरी निर्देशन अनुसार रिजल्ट हेर्न सकिन्छ ।  टेलिकमकाे नम्बर १६०० मा (NEB स्पेस सिम्बल नम्बर) लेखेर पठाउन सकिन्छ । त्यस्तै https://www.neb.gov.np, http://www.neb.ntc.net.np, एजुकेशन सञ्जालकाे www.edusanjal.com मा पनि रिजल्ट हेर्न सकिन्छ ।

Loading...