birat ribon

क्यारेबियन लिग : सन्दिपले लिए २ विकेट

Neuro
क्यारेबियन लिग : सन्दिपले लिए २ विकेट

काठमाडौं ७ असोज । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सीसीएल) क्रिकेटमा महत्वपुर्ण दुई विकेट लिएका छन् । बार्बाडोस ट्रिडेन्ट्सका लागि मैदानमा मैदानमा उत्रिएका सन्दीपले मंगलबार बिहान भएको खेलमा जमैका टलवाहसविरुद्ध महत्वपुर्ण दुई विकेट लिए । किफायती बलिङ्ग गर्दै सन्दीपले उत्कृष्ट बलिङ गरे ।

४ ओभर बलिङ गरेका सन्दीपले १७ रन दिदा दुई विकेट हात पारेका हुन् । सन्दीपले जमैकाका कप्तान चडविक वाल्टनलाई १३ र ड्वायन स्मिथलाई एक रनमा आउट गरे । टस हारेर पहिले ब्याटिङ गरेको जमैकाले १८.३ ओभरमा आठ विकेटको क्षतिमा १ सय ८ रन बनाउँदा पानी परेपछि खेल रोकिएको छ ।

cura insider
jackson ribon