birat ribon

अन्नपूर्ण हाम्रो गोल्डकपको उद्घाटनमा सिक्किम र संकटा भिड्ने

Neuro
अन्नपूर्ण हाम्रो गोल्डकपको उद्घाटनमा सिक्किम र संकटा भिड्ने

झापा ७ असोज । जायोन स्पोर्ट्स क्लव विर्तामोडको आयोजना हुने अन्नपूर्ण हाम्रो गोल्डकपको खेल तालिका सार्वजनिक भएको छ । यही ११ आसोजदेखि शुरु हुने गोल्डपको उद्घाटन खेलमा सिक्किम आक्रामक र संकटा फुटबल क्लब भिड्ने छन् ।

१२ असोजमा विभागीय टोली नेपाल पुलिस र झापा ११ बीच खेल हुने छ । १३ असोजमा विभागीय टिम त्रिभूवन आर्मी र मोलवे आसामको खेल हुने भने १४ गते गोर्खा ब्वाईज रुपन्देही र थ्री स्टार भिड्ने छन् । फाइनल खेल १८ असोजमा हुने आयोजकले जनाएको छ । खेलको कोशी अनलाईनले प्रत्यक्ष प्रशारण गर्ने छ ।

cura insider

प्रतियोगितको उपाधि जित्नेले १२ लाख ५० हजार रुपैयाँ नगद र उपविजेताले ६ लाख २५ हजार रुपैयाँ नगद प्राप्त गर्ने छन् ।

jackson ribon