birat ribon

कावासोतीमा दुर्घटना हुँदा ५ जनाको मृत्यु

Neuro
कावासोतीमा दुर्घटना हुँदा ५ जनाको मृत्यु

नवलपुर ७ असोज । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको कावासोती नगरपालिका भएको दुर्घटनामा ५ जनाको ज्यान गएको छ । कावासोती ८ मा ट्रक र कार ठोक्किँदा दुर्घटना भएको हो । लु १ ख ८५३२ नम्बरको ट्रक र बा २१ च ६४०९ नम्बरको कार खरकट्टा जंगल क्षेत्रमा सोमबार ठोक्किएर दुर्घटना हुदाँ मृत्यु हुने सबै पुरुष छन् ।

मृत्यु भएका मध्ये नवलपरासीको देवचुली नगरपालिका १ केउरानीका ३५ वर्षीय दीपक भन्ने पूर्णबहादुर विक, देवचुली ५ का दिलबहादुर ढेंगा मगर र कैलालीका सुरज राना मगरको सनाखत भएको छ । अन्य २ जनाको सनाखत हुन बाँकी रहेको छ । ठक्कर दिने ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

cura insider

यसैबीच नवलपरासीको मध्यविन्दु नगरपालिका १० मा रहेको जंगलमा राति पौने दुई बजेतिर यात्रु बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । कम्तीमा १५ जना घाइते भएका छन् । दाङबाट काठमाडौं जाँदै गरेको ना ७ ख ८६४२ नम्बरको बस अनियन्त्रित भएर पल्टिँदा मकवानपुर घर भएका बस चालक ३५ वर्षीय लक्ष्मण तिमिल्सिनाको मृत्यु भएको हो ।

jackson ribon