birat ribon

फिफा वर्ष टिममा अटाएनन् नेयमार, मेस्सीलाई पछि पार्दै डानियलले जिते पुस्कस अवार्ड

Neuro
फिफा वर्ष टिममा अटाएनन् नेयमार, मेस्सीलाई पछि पार्दै डानियलले जिते पुस्कस अवार्ड

विराटनगर, ७ असाेज । विश्व चर्चित खेलाडी लियोनल मेस्सीलाई पछि पार्दै हंगेरीका खेलाडीले फिफाले प्रदान गर्दै आएको पुस्कस अवार्ड जितेका छन् । मनोनयमा परेका उत्कृष्ट तीन गोल मध्ये हंगेरीका डानियल जेसोरीको गोल वर्ष उत्कृष्ट गोल घोषित हुँदै फिफा पुस्कस अवार्ड जितेका हुन् ।   पुस्कास अवार्ड जित्ने क्रममा डानियलले अर्जेन्टिना तथा बार्सिलोनाका कप्तान लियोनल मेस्सी र जुवानफर क्वान्टेरोलाई पछि पारेका थिए ।

विश्व फुटबल महासंघ (फिफा)ले बार्सिलोनाका कप्तान मेस्सीलाई ‘फिफा वर्ष खेलाडी अवार्ड’ प्रदान  गर्याे । साेमबार राति इटालीको मिलानस्थित टिट्रो अल्ला स्कालामा एक समारोहका बीच अर्जेन्टिनाका कप्तान मेस्सीलाई उक्त अवार्ड प्रदान गरिएको हो ।

cura insider

 

मेस्सीले वर्ष खेलाडी अवार्ड जित्दा युभेन्टसका स्टार क्रिस्टियानो रोनाल्डो र लिभरपुलका स्टार भर्जिल भान डाइकलाई पछि पारे । मेस्सी, रोनाल्डो र डाइकमध्येबाट पब्लिक भोटिङ र प्रदर्शन मुल्याङकनका आधारमा मेस्सीलाई वर्ष खेलाडी छनोट गरिएको हो ।

आफ्नो क्लबलाई ला लिगाको उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका ३२ वर्षीय मेस्सी फिफाको ‘द बेस्ट प्लेयर घोषित भए । उनले बार्सिलोनालाई सन् २०१८–१९ को ला लिगाको उपाधि मात्र नभएर सो सिजन व्यक्तिगत अवार्डहरूमा सबैलाई पछि पारेका थिए । यस्तै मेस्सी अघिल्लो सिजनको च्याम्पियन्स लिगको सर्वाधिक गोलकर्ता पनि हुन् ।

नेयमार वर्ष टिम बाहिर

फिफाले सार्बजनिक गरेको वर्ष टिममा ब्राजिलियन स्टार खेलाडी नेयमार अटाएनन् । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको ‘वर्ष टिमु फिफा’११ को फरवार्डमा किस्टियानो रोनाल्डो, लियोनल मेस्सी र केलियन एम्बाप्पे अटाउँदा नेयमार टिम बाहिर परेका हुन् ।

फिफाको वर्ष टिममा मिडफिल्डरमा लुका मोड्रीच, इडेन हजार्ड र डी जोङ् परेका छन् । वर्ष टिमको डिफेन्डरमा सर्जियो रामोस, मार्सेलो, डी लिग्ट, भान डाइकले स्थान बनाउँदा एलिसन बेकर गोलकिपरमा रहेका छन् ।

विश्व फुटबल महासंघ (फिफा) ले सार्वजनिक गर्ने उत्कृष्ट ११ को सूचीमा क्रिस्टियानो रोनाल्डोलाई लियोनल १२ वर्षयता यथावत छन् । खेलाडीको प्रदर्शनका आधारमा प्रत्येक वर्ष फिफाले सार्वजनिक गर्ने फिफ्–प्रो वल्ड ११ मा स्टार खेलाडी मेस्सी सन् २००७ बाट निरन्तर छन् । पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो भने सन् २००८ बाट फिफाको वर्ल्ड ११ सूचीमा निरन्तर छन् । सन् २००८ यता मेस्सी र रोनाल्डो निरन्तर फिफाको उत्कृष्ट फरवार्डको सूचीमा अटाएका छन् । फिफाले छनोट गर्ने तीन फरवार्डमध्ये मेस्सी र रोनाल्डो सन् २००८ यथावत छन् ।

च्याम्पियन्स लिग जिताउने क्लोप वर्ष प्रशिक्षक

फिफाले लिभरपुलका प्रशिक्षक जोर्गेन क्लोपलाई फिफा वर्ष पुरुष प्रशिक्षक घोषणा गरेको छ । सोमबार राति क्लोपलाई वर्ष प्रशिक्षक अवार्ड क्लोपलाई प्रदान गरेको हो । सन् २०१८ मा उत्कृष्ट प्रशिक्षक बन्दै क्लोपले अवार्ड जितेका हुन् । उनले पेप ग्वार्डीवाला र माउरिसियो पोचेटेनोलाई पछि पारेका थिए ।

jackson ribon