fbpx

पत्रपत्रिकामा देश : चीनतिर ढल्कियो नेकपा

विराटनगर ७ असोज । अन्नपूर्ण पोष्टमा मुख्य खबर सत्तारुढ दल नेकपा चीनतिर ढल्किदै गएको उल्लेख छ । चिनियाँ कम्युनिष्ट पार्टीले अबलम्बन गर्दै आएको सी चिनफिङ विचारधारा बारे दुवै देशका कम्युनिष्ट पार्टीले काठमाडौंमा छलफल गरि भाइचार सम्बन्ध स्थापना गर्ने घोषणा गरेका छन् । दुई पार्टीले एकअर्काको विचार, शिद्धान्त र प्रयोगलाई बुझ्ने तथा समाजवादको दिशातिर जाने रणनीतिक योजनाबारे छलफल चलाएका छन् ।

आगामी दिनमा दुई देशका केन्द्रीय पार्टी स्कुल विभागमा प्रयोग गरिने पाठ्यक्रमको तयारी र अध्यपन विधि, नेता कार्यकर्ताको द्विपक्षीय अध्ययन भ्रमणमार्फत अनुभव आदानप्रदान गर्ने अवसरको सिर्जना गर्ने प्रतिबद्धता दुवै पार्टीका नेताहरुले गरेका छन् । प्रशिक्षण कार्यक्रममा एकअर्कालाई सहयोग गर्ने नीति प्रष्टाएका छन् । दुईदिन सम्म चल्ने प्रशिक्षणमा चिनियाँ कम्युनिष्ट पार्टीका ४० र नेकपाका झण्डै ३ सय नेता कार्यकर्ता सहभागी छन् ।

नागरिक दैनिकमा यही समाचार नेकपामा मौलिकताको खडेरी शिर्षकमा छापेको छ । समाचारमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले मौलिकपन छोडेर एकदलीय साम्यवादतर्फ उन्मुख भइरहेको आरोप लगाइरहेको बेला चिनियाँ पार्टीका नेताबाट दिइएको प्रशिक्षणले.यो आरोपलाई झन बलियो बनाएको उल्लेख छ ।

साविक ५ विकास क्षेत्र हुदाँ दुई जिल्लाबीचको विवादको विषय बनेको सिरहा र उदयपुरको दक्षिणवर्ती चुरे पानीढलो सीमा विवाद अहिले दुई प्रदेशको जुगाँको लडाईको विषय बन्ने अवस्थामा पुगेको समाचार कान्तिपुर दैनिकमा छ । दुवै प्रदेशका सम्बद्ध जिल्लाका विधायकले प्रदेश सभामा आफ्नो भुभाग भएको भन्दै विवाद सुल्झाउन माग गर्दै बहस गर्दै आएका छन् ।

सिरहाको विकट उत्तरी चुरे क्षेत्रमा सर्रेअम्बास, चट्टान, मैनामैनी, चकमके, भसुवा, भमरे, रुम्जाटार, मैनाटार आदि बस्ती छन् । सरकारले २०३२ सालमा प्रकाशित गरेको राजपत्रमा सिरहामा गाभेको उल्लेख छ । तर खोलानाला र वन क्षेत्र भएको उक्त क्षेत्र पहिले उदयपुर जिल्लामा थियो । २०२६ सालमा नापनक्सा भएको जग्गाको श्रेस्ता सिरहाको नापी कार्यालयमा छैन् । त्यसैले स्थानीय बासिन्दाले भने जग्गाको मालपोत उदयपुरमै तिर्दै आएका छन् । धेरैको उदयपुरबाटै नागरिकता बनेको प्रदेश १ का सांसद नारायणबहादुर मगरले बताए ।

दर्जनौं उजुरीमा अख्तियार मौन भएको समाचार नागरिक दैनिकमा छ । ललितानिवासको २ सय ९९ रोपनी सरकारी जग्गा व्यक्तिले हडपेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान अयोगमा २०५८ सालदेखि नै उजुरी परेपनि छानबिन गर्न अख्तियारले चासो नदेखाएको खुल्न आएको छ । यसलाई अख्तियारका प्रवक्ता प्रदिप कोइरालाले पनि स्वीकार गरे । उजुरीमा प्रमाण समावेश गरेको भएपनि यो विषयमा अख्तियार शुरुदेखि नै मौन बसेको छ ।

Loading...