birat ribon

बिहान उठ्नेबित्तिकै मोबाइल चलाउनुहुन्छ ? यो अवश्य पढ्नुहोस्

Neuro
बिहान उठ्नेबित्तिकै मोबाइल चलाउनुहुन्छ ? यो अवश्य पढ्नुहोस्

विराटनगर, ७ असोज । आजकल धेरै जसो मानिसहरु बिहान उठेलगत्तै मोबाइल फोनको प्रयोग गर्ने गर्छन् । एक्काइसौं शताब्दीमा नयाँ प्रविधिको विकाससँगै अहिलेको समयमा मोबाइल फोन मानव जीवनको अभिन्न हिस्सा बनिसकेको छ । हरेक समय तथा हरेक ठाउँमा समेत हामी फोन प्रयोग गरिरहेका हुन्छौं । मोबाइलसँग मानिस यति जोडिएका छौं, यसलाई ट्वाइलेटदेखि लिएर किचेनसम्म लिएर जानुका साथसाथै राति सुत्नुअघिसम्म मोबाइल स्क्रिनमै हराउने हामीहरु बिहान उठ्नासाथै फोन खोज्ने गर्छौं ।

उठ्नेबित्तिकै फोन चलाउने बानी नै भइसकेको छ । बिहान उठ्नासाथ गेम्स खेल्न, इन्टरनेट चलाउन, भिडियो हेर्न, च्याट गर्न मोबाइलको प्रयोग झन् बढेको छ । तर, अध्ययनहरुले यसरी बिहान उठ्नासाथ मोबाइल चलाउँदा शरीर तथा मस्तिष्कमा विभिन्न प्रकारका असर निम्तन सक्ने देखाएका छन् । सबैको हातहातमा अहिले मोबाइल छ जसको कारण परिवारहरु एक आर्कोसँग टाढिँदै गइरहेका छन् ।

cura insider

पछिल्लो समय बेलायतमा करिब दुई हजार व्यक्तिमा गरिएको एक अध्ययनबाट बिहान उठ्नेबितिकै मोबाइल फोन प्रयोग गर्ने व्यक्तिहरुको दिनको शुरुआत तनावबाट हुने पाइएको छ । बिहानदेखि तनावका कारण उनीहरुलाई आफ्नो नियमित काम गर्न गाह्रो हुने समेत देखिएको छ । विज्ञहरुका अनुसार, उठ्नेबित्तिकै फेसबुक, इन्स्टाग्रामलगायतका विभिन्न सामाजिक संजालमा रहेको नोटिफिकेशन हेर्दा मस्तिष्कले त्यही विषयको बारेमा सोच्न थाल्छ ।

जसकारण हाम्रो सम्पूर्ण ध्यान अरु काममा जान सक्दैन र दिनभरीको गर्नु पर्ने कामलाई असर र्पुयाउने गर्छ । बिहान उठ्नासाथ केही कुराको बारेमा लगातार सोच्ने गर्दा मानव मस्तिष्कलाई तनाव र व्याकुलता हुन थाल्छ । कतिपय व्यक्तिको रक्तचाप बढेको अवस्थामा धेरै तनाव लिने गर्दा उनीहरुको रक्तचाप थप बढ्न जान्छ । यति मात्र नभएर शरीरमा विभिन्न स्वास्थ्य समस्याको सामना समेत गर्नुपर्ने हुन सक्छ ।

बिहान मोबाइल सोसल मिडियाको बितेका समयका कुराको नोटिफिकेशन पढिरहेका हुन्छौं जसले गर्दा हामीले आफ्नो वर्तमान बिर्सेर अतीतमा हराउन थालेका हुन्छौं । जसले गर्दा दिनको शुरुआत राम्रो संग हुने गर्दैन र काममा पनि मन लाग्ने गर्दैन । बिहान मोबाइल चलाउदा अल्जाइमर, पार्किन्सन्स जस्ता मस्तिष्क सम्बन्धी रोग, कमजोरी, आँखा पोल्ने, आँखा दुख्ने, टाउको दुखाई, केश झर्ने, निद्रा नलाग्ने, मुटु रोग लाग्ने सम्भावना बढ्दै आएको छ । साथै मोबाइल फोनले मानिसलाई डिप्रेशन, आत्महत्या, क्रोध, हिंसा गर्ने मनस्थिति सम्ममा पुर्याउने गरेको पाइएको छ ।

यसका साथै मोबाइलको धेरै प्रयोगले , उच्च रक्तचाप, तनाब, डिप्रेशन, मोटोपन, मस्तिष्कको ट्युमर, मस्तिष्कको क्यान्सर आदी जस्ता गम्भीर रोग लाग्न सक्दछ ।यसकारण, विज्ञहरु बिहान उठे लगत्तै मोबाइल फोन नचलाउन सुझाव दिदै आएका छन् । दिनको शुरुआत योग, ध्यान, ब्यायाम तथा मर्निङ्ग वाल्कबाट गर्न सकिन्छ । यसले मन र मस्तिष्कमा शान्ति, ऊर्जा भरेर तनाव कम गर्छ जसले गर्दा दैनिक गर्नु पर्ने काम प्रभावकारी ढंगले गर्न सकिन्छ ।

jackson ribon