birat ribon

मेस्सी बने सर्वाधिक धेरैपटक ‘फिफा बेस्ट प्लेयर’ अवार्ड जित्ने खेलाडी

Neuro
मेस्सी बने सर्वाधिक धेरैपटक ‘फिफा बेस्ट प्लेयर’ अवार्ड जित्ने खेलाडी

एजेन्सी, ७ असोज । बार्सिलोनाका कप्तान लियोनल मेस्सी सर्वाधिक धेरैपटक फिफा वर्ष खेलाडीको अवार्ड जित्ने खेलाडी खेलाडी बनेका छन् । अघिल्लो राति सन् २०१९ को ‘फिफा बेस्ट प्लेयर’को अवार्ड जितेसँगै मेस्सीले सर्वाधिक धेरैपटक यो अवार्ड जित्ने कीर्तिमान आफ्नो नाउ गरेका छन् ।

game

cura insider

विश्व फुटबल महासंघ (फिफा)ले अघिल्लो राति इटालीको मिलानस्थित टिट्रो अल्ला स्कालामा एक समारोहका बीच उक्त अवार्ड प्रदान गरेको हो । मेस्सीले यो अवार्ड जित्दा युभेन्टसका स्टार क्रिस्टियानो रोनाल्डो र लिभरपुलका स्टार भर्जिल भान डाइकलाई पछि पारे ।

मेस्सी, रोनाल्डो र डाइकमध्येबाट पब्लिक भोटिङ र प्रदर्शन मुल्याङकनका आधारमा मेस्सीलाई वर्ष खेलाडी छनोट गरिएको हो । उनले आफ्नो क्लब बार्सिलोनालाई ला लिगाको उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । अघिल्लो सिजनको च्याम्पियन्स लिगको सर्वाधिक गोलकर्तासमेत रहेका मेस्सीले व्यक्तिगत अवार्डहरूमा सबैलाई पछि पारेका थिए । र, यसैको आधारमा मेस्सीलाई फिफाले ‘द बेस्ट प्लेयर’ घोषणा गरेको हो ।

यस अवार्ड जितेसँगै उनले सर्वाधिक धेरै ६ पटक यो अवार्ड हात पार्दै नयाँ कीर्तिमान राखे । यसअघि यो कीर्तिमानमा रोनाल्डो र मेस्सी दुवैको नाम थियो । किनकी, यी दुवैले समान ५–५ पटक यो अवार्ड जितेका थिए । तर, सन् २०१९ को यो अवार्ड जितेसँगै मेस्सीले सर्वाधिक धेरै ६ पटक यो अवार्ड जित्दै आफ्नो करिअरमा नयाँ इतिहास रचे । उनले यसअघि सन् २००९, २०१०, २०११, २०१२ र २०१५ मा यो अवार्ड जितेका थिए ।

jackson ribon