birat ribon

रोनाल्डो र भान डाइकलाई उछिन्दै मेस्सीले जिते ‘फिफा वर्ष खेलाडी’ को उपाधि !

Neuro
रोनाल्डो र भान डाइकलाई उछिन्दै मेस्सीले जिते ‘फिफा वर्ष खेलाडी’ को उपाधि !

विराटनगर, ७ असोज । विश्व फुटबल महासंघ (फिफा)ले बार्सिलोनाका कप्तान लियोनल मेस्सीलाई ‘फिफा वर्ष खेलाडी अवार्ड’ प्रदान गरेको छ । अघिल्लो राति इटालीको मिलानस्थित टिट्रो अल्ला स्कालामा एक समारोहका बीच अर्जेन्टिनाका कप्तान मेस्सीलाई उक्त अवार्ड प्रदान गरिएको हो ।

aa

cura insider

मेस्सीले यो अवार्ड जित्दा युभेन्टसका स्टार क्रिस्टियानो रोनाल्डो र लिभरपुलका स्टार भर्जिल भान डाइकलाई पछि पारे । मेस्सी, रोनाल्डो र डाइकमध्येबाट पब्लिक भोटिङ र प्रदर्शन मुल्याङकनका आधारमा मेस्सीलाई वर्ष खेलाडी छनोट गरिएको हो ।

आफ्नो क्लबलाई ला लिगाको उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका ३२ वर्षीय मेस्सी फिफाको ‘द बेस्ट प्लेयर घोषित भए । उनले बार्सिलोनालाई सन् २०१८–१९ को ला लिगाको उपाधि मात्र नभएर सो सिजन व्यक्तिगत अवार्डहरूमा सबैलाई पछि पारेका थिए । यस्तै मेस्सी अघिल्लो सिजनको च्याम्पियन्स लिगको सर्वाधिक गोलकर्ता पनि हुन् ।

यस अवार्डका लागि लिभरपुलका डिफेन्डर डाइकलाई मुख्य दाबेदारको रूपमा हेरिएको थियो । उनले यूईएफए च्याम्पियन्स लिगको उपाधिका साथै आफ्नो राष्ट्र नेदरल्याण्ड्सलाई यूईएफए नेशन्स कपको फाइनलसम्म पुर्याएका थिए ।

game

यस्तै उनले यसअघि नै स्टार खेलाडीद्वय मेस्सी र रोनाल्डोलाई पछार्दै यूईएफए वर्ष खेलाडीको अवार्ड जितेका थिए । यसैगरी दोस्रो दाबेदारका रूपमा पोर्चुगिज स्टार रोनाल्डो थिए । किनकी, इटालियन क्लब युभेन्टसलाई २ उपाधि र आफ्नो राष्ट्र पोर्चुगललाई यूईएफए नेशन्स लिगको उपाधि दिलाएका थिए । तर, दुई प्रतिद्वन्द्वीलाई पछार्दै मेस्सीले उक्त अवार्ड हात पारे ।

महिलातर्फको वर्ष खेलाडी अवार्ड मेगान रापिनोईले जितिन् । फिफाले ‘फिफा वर्ष कोचको उपाधि धो युरोपियन च्याम्पियन्स लिभरपुलका प्रशिक्षक जर्गेन क्लोपले जिते । उनले प्रिमियर लिग विजेता क्लब म्यान्चेटर सिटीका प्रशिक्षक पेप ग्वाडिओला र टोटनह्याम हटस्परका मौरिसियो पोचेटिनोलाई पछि पारे ।

वर्षको उत्कृष्ट गोल पुस्कास अवार्ड हंगेरीका डानियल जेसोरीले जिते । सिल्भिया ग्रेकोले फिफा फ्यान अवार्ड जिते । फिफा वर्ष महिला गोलकिपर अवार्ड एथ्लेटिको मड्रिडकी गोलकिपर सारी भान भिनेनडलले जितिन् । फिफा फेयर प्ले अवार्ड मार्सेलो बिलसा र लिड्स युनाइटेडले जितेको छ । यस्तै महिला प्रशिक्षकतर्फ जिल एलिसले ग्रे नेभिल्स र सरिना विगम्यानलाई पछि पार्दै उपाधि जितिन् ।

jackson ribon