fbpx

११ को परिक्षाफल भोली

काठमाडौँ ६ असोज । कक्षा ११ को परीक्षाफल मंगलबार (भोली ) सार्वजनिक गर्ने गरी तयारी पूरा परिक्षा बोर्डले जनाएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले गत बैशाख २९ गते देखि जेठ ८ गतेसम्म लिएको परीक्षाको नतिजा प्रकाशन गर्न लागेको हो । ५ लाख ८ हजार परीक्षार्थीले ११ को परिक्षा दिएका थिए । नतिजा प्रकाशन तयारीका लागि सोमबार बसेको बोर्डको बैठकमा परिक्षाफल प्रकाशनको तयारी बारे छलफल भएको थियो ।

नतिजा प्रकाशन गर्न मंगलबार बिहान बैठक राखिएको छ । तयारीमा कुनै प्राविधिक त्रुटी नभए भोलि बिहान बैठक हुने र बेलुकासम्ममा नतिजा प्रकाशित हुने श्रोतले बतायो । ११ कक्षामा मुलुकभरका ४ हजार एक सय ३७ विद्यालयका विद्यार्थी परीक्षा दिएका थिए ।

Loading...