birat ribon

इन्डोनेसियामा हिंसा भड्किदा एकैदिन २० जनाको मृत्यु

Neuro
इन्डोनेसियामा हिंसा भड्किदा एकैदिन २० जनाको मृत्यु

जकार्ता ६ असोज । इन्डोनेसियाको तनावग्रस्त पपुवा क्षेत्रमा सोमबार भड्किएको हिंसाका कम्तिमा २० जनाको मृत्यु भएको छ । अधिकारीहरूले घटनामा दर्जनौँ व्यक्ति जलेर घाइते भएको बताए ।

अधिकारीका अनुसार आन्दोलनरत समूहले शहरका भवनहरूमा आगजनी गरेपछि कैयौँ व्यक्तिको भवनभित्र आगोले जलेर मृत्यु भएको हो । धेरैजसो प्रदर्शनकारीले भवनमा लगाएको आगोमा मरेको पपुवाका सैन्य प्रवक्ता एको दारियान्तोले बताए ।

cura insider

घाइतेमध्ये केहीको शरीरको अधिकांश भाग जलेकोले उनीहरूलाई उद्धार गरी उपचारका लागि स्थानीय अस्पतालहरूमा भर्ना गरिएको छ । भवनहरूको आगो निभाइ सकिएपनि भवनका सबै तलामा उद्धार टोली पुगिनसकेकोले मृतकको सङ्ख्या थप बढ्नसक्ने प्रारम्भिक सूचना पाएको दारियन्तोले बताए ।

jackson ribon