birat ribon

नागढुंगा सुरुङमार्ग ठेक्का लाग्यो, ४२ महिनामा बन्ने

Neuro
नागढुंगा सुरुङमार्ग ठेक्का लाग्यो, ४२ महिनामा बन्ने

काठमाडौं ६ असोज । नागढुंगा सुरुङमार्ग निर्माणको लागि ठेक्का लागेको छ । जापान सरकारको ऋण सहायतामा बन्न लागेको सुरुङ मार्ग निर्माणको लागि सोमबार नागढुंगा सुरुङ मार्ग निर्माण परियोजना र जापानको ‘हाजमा अन्डो कर्पोरेशन’बीच ठेक्का सम्झौता भएको छ ।

४२ महिना भित्र निर्माण सम्पन्‍न गर्ने गरी सुरुङ मार्गको ठेक्का सम्झौंता गरिएको सडक विभाग, वैदेशिक समन्वय महाशाखाका प्रमुख अर्जुनजंग थापाले बताए । सुरुङ मार्गको लम्बाई २ दशमलव ६७ किलोमिटर छ । ठेक्का सम्झौतामा सुरुङ मार्ग निर्माणका लागि १३ अर्ब ५० करोड लाग्ने उल्लेख छ।

cura insider

जापान सरकारले ४० वर्ष भित्र तिर्ने गरी सुरुङ मार्गका लागि ०.०१ प्रतिशत ब्याजदरमा ऋण सहायता उपलब्ध गराएको छ। निर्माणको काम नोभेम्बर महिनबाट शुरु हुने कम्पनीले जनाएको छ ।

jackson ribon