birat ribon

बढी लिएको शुल्क फिर्ता गर्न मेडिकल कलेजलाई एक महिना समय

Neuro
बढी लिएको शुल्क फिर्ता गर्न मेडिकल कलेजलाई एक महिना समय

काठमाडौं ६ असोज । मेडिकलका विद्यार्थीहरुले मेडिकल कलेजहरुले तोके भन्दा बढी शुल्क लिइरहेको भन्दै आन्दोलन गरिरहेको बेला सरकारले बढी रकम फिर्ता गर्न एक महिना समय दिएको छ । सरकारले तोकेभन्दा बढी शुल्क लिएका मेडिकल कलेजलाई शुल्क फिर्ता गर्न एक महिनाको समय दिएको हो ।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र शिक्षामन्त्री गिरिराजमणि पोखरेलबीच भएको बैठकले विद्यार्थीबाट बढी लिइएको शुल्क एक महिनाभित्र फिर्ता नगरे कारबाही प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।

cura insider

सरकारले तोकेको समयसीमा भित्र फिर्ता नगरे मुलुकी अपराध संहिताको ठगी सम्बन्धी कसूर र चिकित्सा शिक्षा ऐनमा भएको व्यवस्था बमोजिम कारबाही अघि बढाउने निर्णय भएको हो । गृहमन्त्रालयमा भएको बैठकमा गृह सचिव प्रेमकुमार राई, शिक्षा सचिव महेश दाहाल, त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुधा त्रिपाठी, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा. डा. श्रीकृष्ण गिरी, आईओएमका डीन जगदिश अग्रवाल लागयतको सहभागीता थियो ।

शिक्षामन्त्री पोखरेलले अघिल्लो वर्षको मन्त्रिपरिषद बैठकले बढी शुल्क लिएका कलेजलाई सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन सकिने निर्णय गरेको सम्झाउँदै शुल्क फिर्ता नगरे कारबाही शुरु गर्ने प्रस्ताव राखेको स्रोतले जनायो । अहिले काठमाडौं उपत्यकाभित्र एमबीबीएस अध्ययनका लागि ३८ लाख ५० हजार र उपत्यकाबाहिर ४२ लाख ५० हजार शुल्क लिन पाउने नियम सरकारले बनाएको छ ।

jackson ribon