birat ribon

बङ्गलादेशमा डेङ्गुले ७५ जनाको मृत्यु

Neuro
बङ्गलादेशमा डेङ्गुले ७५ जनाको मृत्यु

ढाका ६ असोज । लामखुट्टेको टोकाइका कारण आउने डेङ्गु ज्वरोका कारण यस बर्ष बङ्गलादेशमा मृत्यु हुनेको सङ्ख्या ७५ पुगेको छ । स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा निर्देशनालयले बङ्गलादेशमा यस बर्ष ७५ जनाको मृत्यु भएको र ८५ हजार व्यक्तिमा डेङ्गुको सङ्क्रमण देखिएको पुष्टि गरेको हो ।

मन्त्रालयका अनुसार डेङ्गुका कारण अप्रिलमा दुई, जुनमा छ, जुलाईमा ३२, अगस्टमा ३१ र सेप्टेम्बरमा चार जनाको मृत्यु भएको छ । अझै १४ हजार १ सय ९१ डेङ्गुका विरामीले बङ्गलादेशका विभिन्न अस्पतालहरूमा उपचार गराइरहेका छन् । बङ्गलादेशमा अगस्ट र सेप्टेम्बरमा गरी ५२ हजार ६ सय ३६ जनालाई डेङ्गुको सङ्क्रमण देखिएको छ ।

cura insider

डेङ्गुका विरामीको सङ्ख्या क्रमश घट्ने क्रममा रहेको पनि निर्देशनालयले जनाएको छ । विगत २४ घण्टामा राजधानी ढाकामा १ सय ४३ सहित देशभर ४ सय ६१ जनाले डेङ्गुको उपचारका लागि विभिन्न अस्पतालमा भर्ना भएका छन् । बङ्गलादेशमा गत बर्ष १० हजार १ सय ४८ जनामा डेङ्गुको सङ्क्रमण भएको र २६ जनाको मृत्यु भएको थियो । गत बर्षको तुलनामा यसबर्षको सङ्क्रमण र मृत्यु हुनेको सङ्ख्या निकै बढेको देखिन्छ ।

jackson ribon