birat ribon

‘अन्नपूर्ण हाम्रो पूर्वाञ्चल’ गोल्डकपको तयारी पूरा

Neuro
‘अन्नपूर्ण हाम्रो पूर्वाञ्चल’ गोल्डकपको तयारी पूरा

विर्तामोड, ६ असोज । असोज ११ गतेदेखि झापाको विर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आयोजना गरिने ‘  अन्नपूर्ण हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप’ को तयारी पूरा भएको छ । दशैंको अवसरमा आयोजना गरिने गोल्डकपको तयारी पूरा भएको हो ।

आयोजक जायोन स्पोर्टस् क्लबले सोमबार पत्रकार सम्मेलन गरी नेपाल र भारतका आठ वटा टिमले सहभागिता जनाउने बताएको छ । आयोजक समितिका प्रवक्ता अभिनास राईका नेपालका चारवटा एडिभिजिन क्लबसहित ६ वटा टिम भारतका दुईवटा टिमले सहभागितामा जनाउनेछन् ।

cura insider

अन्नपूर्ण बचत तथा ऋण सहकारी संस्थाकाे मुख्य प्रायाेजन रहेकाे प्रतियाेगिताकाे उद्घाटन खेल भारतको सिक्किम आक्रामक र संकटा क्लबबीच हुने छ । प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी, नेपाल पुलिससहित संकटा क्लब र थ्री स्टार क्लबले सहभागिता जनाउनेछन् । यस्तै झापा ११ र गोर्खा ब्वाइज रुपन्देहीपनि प्रतियोगितामा सहभागी छन् । भारतबाट सिक्किम आक्रामक क्लब र असामको मोलवे फुटबल क्लबले पनि सहभागी छन् ।

प्रतियोगिताको बिजेता टोलीले १२ लाख ५० हजार नगद तथा ट्रफी प्राप्त गर्नेछ । उपविजेताले नगद ६ लाख २५ हजार र ट्रफी प्राप्त गर्नेछ । खेलको म्यान अफ दी म्याच खेलाडीलाई १० हजार नगद प्रदान गरिने छ ।

प्रतियोगितमामा उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक, सर्वाधिक गोलकर्ता र उदयमान खेलाडी प्रोत्साहन पुरस्कार पनि राखिएको छ ।

jackson ribon