birat ribon

साफ च्याम्पियनसिप : भारतसँग बराबरी खेल्दै बंगलादेश सेमिफाइनलमा

Neuro
साफ च्याम्पियनसिप : भारतसँग बराबरी खेल्दै बंगलादेश सेमिफाइनलमा

काठमाडौं, ६ असोज । तेस्रो संस्करणको यू–१८ साफ च्याम्पियनसिप फुटबलअन्तर्गत बंगलादेश सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको खेलमा बंगलादेशले भारतसँग बराबरी खेल्दै सेमिफाइनलमा स्थान बनाएको हो ।

स्वयम्भुस्थित शसस्त्र प्रहरी बलको हलचोक रंगशालामा भएको उक्त खेलमा भारत र बंगलादेशले गोलरहित बराबरी खेलेका थिए । यस बराबरीसँगै बराबरीसँगै समूह ‘बी’ को बंगलादेशले २ खेलमा ४ अंक जोडेको छ ।

cura insider

यता, भारतले भने १ अंक जोडेको छ । भारतको पनि सेमिफाइनलमा पुग्ने सम्भावना रहेको छ । भारतले अब बुधबार हुने अर्को खेलमा श्रीलंकासँग खेल्नेछ । उक्त खेलपछि सेमिफाइनल पुग्ने टोलीको टुंगो लाग्नेछ । सेमिफाइनल पुग्न भारतले बराबरी खेले पुग्छ भने अंकबिहीन रहेका श्रीलंकालाई जित्नै पर्ने दबाब छ ।

jackson ribon