birat ribon

यस्ता बानीले निम्तिन सक्छ कानमा समस्या

Neuro
यस्ता बानीले निम्तिन सक्छ कानमा समस्या

विराटनगर, ६ असोज । मनाव शरीरमा धेरैजसो सबै अंगहरू संवेदनशील हुन्छन् । वरिपरिको अवाज सुन्ने र शरीरको सन्तुलन बनाइराख्नका लागि कान सबैभन्दा महत्त्वपूर्ण अंगमध्ये एक हो । कानभित्र रहेको कानको जाली पनि एकदमै संवेदनशील अंग हो ।

कानको बनावटअनुसार कानलाई बाहिरी कान, मध्य कान र भित्री कान गरी तीन भागमा बाँडिएको छ । हाम्रो असावधानी, लापरवाहीले गर्दा कानको जालीमा सानो चोट अथवा हानी हुन गएमा कान कम नसुन्ने, बहिरो हुने जस्ता समस्या निम्त्याउन सक्छ । यति मात्र नभएर अन्य विभिन्न कारणले गर्दा पनि मानिस बहिरो हुन सक्छ ।

cura insider

बहिरोपनका मुख्य कारणमध्ये एक हो उमेर । हाम्रो उमेर बढेपछि कानको नशा कमजोर हुन थाल्छ । जसले गर्दा बहिरोपनको समस्या ल्याउन सक्छ । कानमा लामो समयसम्म फोहोर जम्मा भएमा, कानलाई सफा नराख्दा, राम्रोसँग सफा नगर्दा कानमा संक्रमण हुन जान्छ जसकारण कानको जाली बिग्रन गइ कान कम सुन्ने वा पुरै नसुन्ने समस्या आउन सक्छ । कानभित्रको विभिन्न अंग तथा दिमागमा ट्युमरका कारण पनि कानले सुन्न छोड्न सक्छ ।

धेरैजसो मानिसहरूले कान बज्ने समस्यालाई सामान्य ठानेर हेलचेक्राइँ गरिरहेका हुन्छौं । डा. ललित कुमार मिश्रका अनुसार, टाऊकोमा चोटपटक लाग्दा, कानमा फोहोर जम्मा हुँदा, कानमा ईन्फेक्शन हुँदा, कानको भित्री भागमा रहेको नशामा ट्युमर भएमा, मस्तिष्कको भित्री भागमा रक्तश्राव भएमा, पिनास, मधुमेह, रक्ताल्पता, मुटुको रोग, ऊच्च रक्तचाप हुँदा, रगतमा थाइराईडको कमीका कारणले कान बज्ने गर्छ । तर, लामो समयसम्म यस्तो समस्या रहिरहे र पटक–पटक दोहोरिरहे कान नै नसुन्ने समेत हुन सक्छ ।

हामीले एक सय २५ डेसिबलभन्दा माथिको आवाजलाई लगातार सुन्ने गर्दा पनि कानको जालीमा क्षति पुग्न जान्छ । साथै दिनदिनै तीन वा चार घन्टा इयरफोनमा लगातार चर्को आवाजका साथ गीत सुन्दा कानको जालीमा हानी पुग्ने हुँदा बहिरोसम्म पनि हुने सम्भावना बढ्ने गर्छ । मधुमेहका समस्या भएका व्यक्तिहरुमा बिस्तारै कान सुन्ने क्षमता हराउँदै जाने गर्छ । कान चिलाउँदा कानमा सेफ्टीपिन, हेयर पिन, सलाईको काँटी, पिन, प्वाँख, कलम, लगायतका तिखो वस्तुको प्रयोग कहिले पनि गर्नु हुँदैन ।

यस्ता वस्तुले कान सफा गर्नेभन्दा पनि कानमा खराबी गर्ने काम गरिरहेको हुन्छ । कहिलेकाँही गलत ठाउँमा उक्त वस्तुहरू छिर्दा कानै नसुन्न अवस्थासमेत आउन सक्छ । वर्षमा ४–५ पटकभन्दा बढी टंसिल भएमा, धेरै चिसो महसूस भएमा, नाकले भन्दा मुखबाट धेरै सास लिनु परेमा र कान दुख्ने समस्या भइरहेमा बारबार कानबाट पानी बग्न सक्छ । लामो समयसम्म कानबाट पानी बगिरहेमा यो सामान्य नभइ यसले बहिरोपन समेत हुनसक्छ ।

jackson ribon