birat ribon

पोखरा प्रिमियर लिग कात्तिक अन्तिम साताबाट हुने

Neuro
पोखरा प्रिमियर लिग कात्तिक अन्तिम साताबाट हुने

विराटनगर, ६ असोज । दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगिता कात्तिक अन्तिम सातादेखि सुरु हुने भएको छ । आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिले सोमबार एक विज्ञप्ती जारी गरी प्रतियोगिता कात्तिक २६ गतेदेखि मंसिर ७ गतेसम्म हुने जनाएको छ ।

aa

cura insider

पोखरा क्रिकेट मैदानमा सञ्चालन हुने उक्त प्रतियोगितामा ६ सहरका ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । जसमा विराटनगर टाइटन्स, पोखरा पल्टन, बुटवल ब्लास्टर, चितवन राइनोज, काठमाडौं रोयल्स् र धनगढी ब्लुजको सहभागिता रहनेछ ।

गत संस्करणको विजेता घरेलु टोली पोखराले २७ लाख प्राप्त गरेको थियो । उपविजेता चितवनले भने १० लाख पाएको थियो ।

jackson ribon