birat ribon

लियोनविरुद्धको जितमा नायक बनेका नेयमारले दिए प्रतिद्वन्द्वी टोलीलाई चेतावनी

Neuro
लियोनविरुद्धको जितमा नायक बनेका नेयमारले दिए प्रतिद्वन्द्वी टोलीलाई चेतावनी

एजेन्सी, ६ असोज । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का स्टार खेलाडी नेयमारले आफ्ना प्रतिद्वन्द्वी टोलीहरूलाई चेतावनी दिएका छन् । लियोनविरुद्धको खेल जित्दा अहम भूमिका खेलेका नेयमारले खेलपछि बोल्दै आफूहरू दिन प्रतिदिन अब्बल बनिरहेको भन्दै लिग वान प्रतिद्वन्द्वीहरूलाई चेतावनी दिएका हुन् ।

h

cura insider

फ्रेन्च लिग वानअन्तर्गत लियोनसँगको खेलमा निर्णायक गोल गरेर नेयमार नायक बनेका थिए । शनिबार राति भएको लियोनविरुद्ध खेल पीएसजीले १–० गोलले जितेको थियो । लियोनकै घरेलु मैदानमा भएको उक्त खेलमा पीएसजीलाई जिताउन स्टार खेलाडी नेयमारले निर्णायक गोल गरेका थिए ।

सो खेलपछि बोल्दै २ खेलबाट २ गोल गरेका नेयमारले भने, ‘यो एकदमै कठिन खेल थियो । लियोन एक धेरै बलियो टोली हो । उनीहरूले प्रतिरक्षामा उत्कृष्ट खेल्दै र धेरै काउन्टर अट्याक गरे । तर, हामीले प्रत्येक खेलमा सुधार गरिरहेका छौं । हामीले आफ्नो स्तर उकासिरहेका छौं र यो खेलमा हामीले निकै राम्रो प्रदर्शन गर्यौं ।’

यस्तै नेयमारले आफ्नो टोलीको प्रदर्शन यस्तै गतिमा अगाडि बढ्ने बताए । आफ्ना स्टार सहकर्मी किलियन एम्बाप्पे र इडिन्सन काभानीबिना मैदान उत्रिएर टोलीलाई जिताएका नेयमारले भने, ‘गोल गर्नु आत्मबलका लागि धेरै राम्रो हो । म सधैं यसरी नै खेल्नेमा आशावादी छु । पीएसजीका प्रतिद्वन्द्वीलाई कुनै मौका नदिइ गोल गर्नेछु ।’

jackson ribon