birat ribon

कक्षाकोठा भत्किँदा ७ जना बालबालिको ज्यान गयो

Neuro
कक्षाकोठा भत्किँदा ७ जना बालबालिको ज्यान गयो

केन्या, ६ असोज । केन्यामा कक्षाकोठा भत्किँदा ७ जना बालबालिले ज्यान गुमाएका छन् । केन्याको राजधानी शहर नैरोबीमा अवस्थित एक विद्यालयको कक्षाकोठा सोमबार भत्किँदा सातजना बालबालिकाको मृत्यु भएको हो ।

केन्याली सरकारका प्रवक्ताका अनुसार सो घटनामा परी सात व्यक्तिको मृत्यु हुनुको साथै ५७ जना घाइते भएका छन् । घटनापछि नौरोबीको डागोरेट्टी क्षेत्रमा रहेका सयौँ स्थानीय बासिन्दा आक्रोशित भएका छन् । स्थानीय समयाअनुसार बिहान करिब ७ बजे सो कक्षाकोठा भत्किएको र त्यसमा परी विद्यार्थीहरूको ज्यान गएको हो ।

cura insider

यहाँका विद्यार्थीहरु केही समयअघि मात्र कक्षाकोठामा छिरेका थिए । सो घटनापछि उद्धारकर्ताहरूले उद्धार कार्य जारी राखेका बताइएको छ । रासस

jackson ribon