fbpx

कांग्रेसको चर्को विरोधका बीच मनमोहन विधेयक पारित

विराटनगर, ६ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको चर्को विरोधका बीच मनमोहन प्राविधिक विश्वविद्यालय बिधेयक पारित भएको छ । कांग्रेसले प्रदेशसभामा चर्को विरोध स्वरुप नाराबाजी गर्दागर्दै पनि मनमोहन विश्वविद्यालय बिधेयक पारित भएको हो ।

बिधेयक विषयत समितको प्रतिवेदन बैठकमा प्रस्तुत हुन नदिन कांग्रेसले प्रदेशसभाको आइतबारको बैठकमा नाराबाजी गदै रोष्टम घेराउ गरेको थियो । कांग्रेसले रोष्टम घेराउ गरी मनमोहन विधेयक फिर्ता गर्न माग गर्दै कांग्रेसले आइतबारको बैठकमा नाराबाजी गरेर रोष्टम घेराउ गरेपछि सभामुख प्रदीपकुमार भण्डारीले मार्सल लगाएर मनमोहन बिधेयकमा दफावार छलफलको समाजिक विकास समितिको प्रतिवेदन प्रस्तुत गराएका थिए ।

तर, कांग्रेसको नाराबाजी बीच नै सोमबारको बैठकमा सो विधेयक पारित भएको हो । यसअघि प्रदेश १ को कांग्रेसले मनमोहन प्राविधिक विश्वविद्यालय विधेयक फिर्ता गर्न माग गर्दै गत मंगलबार पनि सदन अवरुद्ध गरेको थियो ।

Loading...