birat ribon

आवश्यकताभन्दा धेरै टमाटरले निम्त्याउन सक्छ शरीरमा रोग

Neuro
आवश्यकताभन्दा धेरै टमाटरले निम्त्याउन सक्छ शरीरमा रोग

विराटनगर, ६ असोज । टमाटर सबैको भान्सामा नछुट्ने तरकारी मानिन्छ । टमाटरलाई तरकारीमा मिसाउन, सुप, सलाद, अचार, झोल, सस आदि बनाउनका लागि प्रयोग गरिन्छ । टमाटरमा धेरैजसो सबै भिटामिनका साथ पोटासियम, फोलिट, आईरन, म्याग्नेसियम, क्रोमियम, कोलिन, जीक र फस्फोरस जस्ता शरीरका लागि आवश्यक खनिज पदार्थहरू प्रशस्त मात्रामा पाइन्छ ।

आयुर्वेदका अनुसार ठीक्क मात्रामा टमाटर खानाले शरीरमा अनेकौं फाइदाहरू पुग्नुका साथै शरीरको रोगहरूलाई समेत निको पार्ने काम गर्छ । सबै कुराको फाइदासँगसँगै बेफाइदा पनि हुने गर्छ । सही तरिका र सही मात्रामा खान नजानेमा अमृत पनि विष बराबर हुन जान्छ । त्यस्तै, टमाटरलाई पनि कसरी र कति मात्रामा खान नजान्दा यसले शरीरमा फाइदा गर्नुको साटो उल्टै बेफाइदा गरिरहेको हुन्छ ।

cura insider

टमाटरको धेरै सेवन गर्नु शरीरको लागि हानिकारक हुने हुँदा टमाटरलाई खान जानेन भने यसले हाम्रो ज्यानसमेत लिन सक्छ । धेरै समस्याको समाधान गर्ने टमाटरलाई दैनिक रूपमा धेरै मात्रामा खाँदा यसले स्वास्थ्यमा गम्भीर असर पुर्याउने गर्छ । टमाटरको आवश्यकताभन्दा धेरै सेवन गर्दा हामीलाई ग्यास्ट्रिक तथा एसिडिटीको मुख्य कारण बन्न सक्छ ।

टमाटरको स्वाद अलि अमिलो हुने हुँदा, धेरै अमिलो सेवन गरेको खण्डमा पेटमा अम्लीयता बढ्न गइ एसिडिटीको कारण बन्न जान्छ । एसिडिटीले ग्यास्ट्रिक तथा अल्सरलाई निम्त्याउने काम गर्छ । टमाटर खाँदा बेचैनी हुने, ब्लडप्रेशर बढ्ने र स्वास्थ्यमा समस्याहरू देखा पर्न थाल्छ । टमाटर खाँदा त्यसभित्र भएको बियाँले पत्थरीजस्तो डरलाग्दो रोगलाई निम्त्याउने मद्धत गर्छ ।

यसमा भएका साना–साना बियाँहरु सजिलैसँग मिर्गौलासम्म पुग्ने भएकाले पत्थरीको समयस्या हुने खतरा धेरै हुन्छ । टमाटरमा पाइने टरपीन्स नामक पदार्थले शरीरमा एक प्रकारको दुर्गन्ध उत्पन्न गर्न सक्छ । शरीरमा अनौँठो किसिमको बास आउने गरेको छ भने उक्त दुर्गन्धको कारण टमाटरको आवश्यकताभन्दा बढी सेवन गरेको हुन सक्छ ।

बजारमा पाइने टमाटरहरूमा अनेकथरी विषादी मिलाएको हुन्छ, जुन पूर्णरूपमा अर्गानिक हुँदैनन् । यसले पनि शरीरमा अनेकौं स्वास्थ्य समस्याहरू उत्पन्न गराइरहेको हुन्छ ।

jackson ribon