birat ribon

म युनाइटेडको बर्खास्तीमा पर्नु जायज थियो : जोसे मौरिन्हो

Neuro
म युनाइटेडको बर्खास्तीमा पर्नु जायज थियो : जोसे मौरिन्हो

एजेन्सी, ६ असोज । इंग्लिस क्लब म्यानचेष्टर युनाइटेडका पूर्वप्रशिक्षक जोसे मौरिन्होले आफू युनाइटेडबाट बर्खास्तीमा पर्नु जायज रहेको बताएका छन् । मौरिन्होले आफू युनाइटेडका वर्तमान प्रशिक्षक ओले गुनर सोल्स्जायर जस्तो उत्कृष्ट नभएको बताउँदै युनाइटेडले आफूलाई बर्खास्ती गर्नु जायज रहेको बताए ।

khel

cura insider

मौरिन्हो सन् २०१८ मा युनाइटेडबाट बर्खास्तीमा परेका थिए । सन् २०१८–१९ को सिजनमा क्लब छैटौं स्थानमा आएपछि उनलाई क्लबबाट बर्खास्त गरिएको थियो । हाल कामबिहीन रहेका मौरिन्होले स्काई स्पोर्ट्ससँगको कुराकानीका क्रममा घुरमाउरो पाराले युनाइटेडको व्यंग्य गरे ।

उनले आफू क्लबमा हुँदा भन्दा अहिले क्लबको अवस्था खस्किएको बताए । ‘म त्यतिबेला सही व्यक्ति थिइँन’ उनले भने, ‘उनीहरूले मलाई स्पष्टिकरण गरेका थिए र मैले त्यसको जवाफ दिन सकिँन । मैले त्यहाँ २ वटा सिजन बिताएँ जुन सकारात्मक नै थियो । तर, तेस्रो सिजन त्यति राम्रो रहेन ।’

उनले थपे, ‘म बर्खास्तीमा परेँ, म बर्खास्तीमा पर्नु जायज नै थियो किनकी म एक जिम्मेवार प्रशिक्षक थिएँ । तर, दुःखको कुरा यो हो कि उनीहरू पहिले म हुँदाखेरीकोभन्दा पनि खराब अवस्थामा छन् । र, मलाई यो भन्दाखेरी दुःख लागिरहेको छ कि, युनाइटेड खराब अवस्थामा रहँदा निराश भइरहेको छु । किनकी, त्यो मेरो क्लब हो ।’

jackson ribon