fbpx

‘टुबोर्ग इमेज अवार्ड’मा यस वर्षका उत्कृष्ट विपिन र स्वस्तिमा

काठमाडौं, ६ असोज । प्रत्येक वर्ष निरन्तर प्रदान गर्दै आएको ‘टुबोर्ग इमेज अवार्ड’ को सम्पन्न भएको छ । विगत दुई दशकदेखि निरन्तर प्रदान गर्दै आएको ‘टुबोर्ग इमेज अवार्ड’को २१औं संस्करण सम्पन्न भएको हो ।

काठमाडौँस्तिथ होटेल सोल्टीमा आयोजित गरिएको २१औं संस्करणको अवार्डमा अभिनेता विपिन कार्की र अभिनेत्री स्वस्तिमा खड्काले अवार्ड पाएका छन् । ‘टुबोर्ग इमेज अवार्ड’मा विपिन र स्वस्तिमाले उत्कृष्ट अभिनेता तथा अभिनेत्रीको उपाधि पाउन सफल भएका हुन् । विपिनले चलचित्र ’गोपी’बाट सर्वोत्कृष्ट अभिनेताको अवार्ड हात पारेका हुन् भने स्वस्तिमा ‘बुलबुल’ बाट सर्वोत्कृष्ट अभिनेत्रीको उपाधि हात परेका हुन् ।

आ–आफ्नो कामले राजधानीबाहिर रहेका दुवैले अवार्ड थाप्न स्टेज आउन पाएनन् । यी दुईका साथै चलचित्र ‘जात्रै जात्रा’बाट प्रदीप भट्टराईले सर्वोत्कृष्ट निर्देशकको अवार्ड हात पार्न सफल भएका हुन् । ‘टुबोर्ग इमेज अवार्ड’ मा सर्वोत्कृष्ट फिल्मको अवार्डसमेत प्रदीपको ‘जात्रै जात्रा’ले पाएको छ ।

‘सर्वोत्कृष्ट फिल्म गीत’ तर्फको अवार्ड भने फिल्म ‘दाल भात तरकारी’ को ‘भिजिट भिसा’ बोलको गीतले पाएको हो । उक्त कार्यक्रममा विविध २२ ओटा विभिन्न विधामा अवार्ड वितरण गरिएको थियो ।

Loading...