birat ribon

एक दिनमा पिउनुपर्ने पानीको मात्रा कति ?

Neuro
एक दिनमा पिउनुपर्ने पानीको मात्रा कति ?

विराटनगर, ६ असोज । पानी जीवनको श्रोत हो । मानव शरीरका लागि मात्र नभएर सबै जीवित वस्तुहरूका लागि यो एकदम अत्यावश्यक पदार्थ हो । मानवको सम्पूर्ण शरीरमा लगभग ७० प्रतिशत जति पानीको मात्रा हुन्छ, त्यसमध्ये हड्डीमा २२ प्रतिशत, दाँतमा १० प्रतिशत, छालामा २० प्रतिशत, मस्तिष्कमा ७५ प्रतिशत, मांसपेसीमा ७६ प्रतिशत र रगतमा ८३ प्रतिशत जति पानीले बनेको हुन्छ । पानीको कमीले गर्दा शरीरमा डिहाईड्रेसन हुनुका साथै रगतको कमी हुन सक्छ ।

पानी नखाइ बसेको अवस्थामा लामो समयसम्म बस्दा मानिसको मृत्यु समेत हुन सक्छ । पानीले शरीरको तापक्रम नियन्त्रण गर्न मद्दत गर्नुका साथै खाना पचाउन, शरीरमा उर्जा दिन, कब्जियत घटाउन, किड्नी, कलेजो, फोक्सोले गर्ने शारीरिक प्रक्रियालाई सही राख्न सहयोग गर्छ । शरीरमा पानीको मात्रा कम भएको छ भने पिसाबको रंग गाढा पहेँलो हुने गर्दछ । त्यसका साथै पाचन शक्ति कमजोर हुने गर्दा छाला सुक्खा हुने, स्किन एलर्जी, छाला रातो हुने, मुख सुख्नेलगायतका अन्य रोग पनि देखा पर्छन् ।

cura insider

यस्तो कुरा थाहा पाएर पनि समयमै पानी नपिउने हो भने पछि यो शरीरमा लाग्ने गम्भीर रोगको कारण बन्न सक्छ । मानव शरीरलाई कति पानी चाहिन्छ भनेर थाहा हुँदैन । डा. हेमराज कोइरालाका अनुसार शरीरमा पानीको सन्तुलन बनाइराख्नका लागि दैनिक ३ देखि ५ लिटरसम्मको पानी पिउने गर्नु पर्छ । यसमध्ये ७०० मिलिलिटर पानी खानाको माध्यमबाट र ३०० मिलिलिटर शरीर आफैँले उप्त्पन्न गर्ने हुन्छ । शरीरमा बाँकी पानीको पूर्ति पिएर नै गर्नु पर्ने हुन्छ । तर, मानिसले कति पानी पिउने भन्ने बारे मानिस बसिरहेको ठाउँ, प्रकृति, आफूले गर्ने काम हेरेर निर्धारण गर्नुपर्छ ।

सामान्य सबै मानिसले एक दिनमा कम्तिमा पनि ३ लिटर पानी पिउनु पर्छ । तर, गर्मी मौसम धेरै पसिना आउने, व्यायामहरू धेरै गर्ने, शारीरिक कामहरू धेरै गर्ने मानिसको शरिरमा पानीको खपत धेरै हुने भएकाले पानीको मात्रा सामान्य मानिसहरूको भन्दा बढाउन जरुरी हुन्छ । पानी जति बेला जसरी चाह्यो त्यति बेला पिउन सकिन्छ भनेर सोच्नु एकदम गलत हो । पानी पिउँदा जहिले पनि बसेर बिस्तारै बिस्तारै पानीलाई मुखमा राखेर ३ देखि ४ सेकेण्ड यता उता घुमाएर पिउनु पर्छ ।

उभिएर छिटो छिटो पानी पिउँदा किड्नीले पानीलाई सही तरीकाले फिल्टर गर्न सक्दैन । एक पटकमा दुई गिलाससम्म पानी पिउनु उपयुक्त मानिन्छ । खाना खाने समयमा कहिल्यै पनि पानी पिउँदै खाना खानु हुँदैन । यसरी पानी पिउँदा खाएको खानालाई चाहिनेभन्दा धेरै पातलो बनाएर पेटले पाचन रस कम मात्रामा निस्किने गर्दछ । जसकारण पाचन प्रक्रियामा गडबडी हुन जान्छ । बिहानको खाली पेटमा वा जहिले खाना खानुअघि १ गिलास पानी पिउनु पर्छ । पानी सधैँ खाना खाएको ४५ मिनेटदेखि १ घण्टा पछाडि मात्र पिउनु पर्दछ । गर्मी छ भन्दैमा धेरै चिसो पानी कहिल्यै पनि पिउने गर्नु हुँदैन ।

jackson ribon