birat ribon

डार्क सर्कल हटाउनका लागि आलु उपयोगी

Neuro
डार्क सर्कल हटाउनका लागि आलु उपयोगी

विराटनगर, ६ असोज । आँखा वरिपरि हुने कालो धब्बालाई डार्क सर्कल भनिन्छ । आँखालाई जोड दिएर बढी काम गर्ने, तनाव लिने, पर्याप्त नसुत्ने, शरीरमा पोषणको कमीलगायतका कारणहरूले आँखा वरिपरि डार्क सर्कल हुने गर्छ ।

डार्क सर्कल महिला, पुरुष, बच्चा बृद्ध जो कोहीलाई पनि हुन सक्छ । आँखा वरिपरि आउने डार्क सर्कलले सुन्दरतामा कमी ल्याउनुका साथै आफूमा भएको आत्मविश्वासमा पनि कमी ल्याउँदछ । आँखा वरिपरि काँचो आलुको टुक्राले मसाज गर्दा कालो घेरा कम हुँदै जान्छ । काँचो आलुलाई पिसेर रस निकालेर नियमित रूपमा कपासले आलुको रसलाई आँखा वरिपरि लगाउँदा आँखाको कालो घेराका साथै अनुहारमा भएको दागहरूसमेत बिस्तारै हराएर जान्छ ।

cura insider

आलुमा भरपूर मात्रामा पोटासियम, आइरन, भिटामिन ‘बी ३’ पाइन्छ । आलुको र कागतीको रस मिसाएर लगाएमा डार्क सर्कल कम हुन्छ । आलुका साथै आलुको बोक्राले समेत आँखाको कालो घेरालाई हटाउने गर्छ । आलुको बोक्रामा एन्टी अक्सिडेन्ट तत्त्व पाइने भएकोले अनुहारमा जलन भएको खण्डमा आलुको बोक्रालाई पिसेर लगाएमा पीडा कम गरी दागहरू हटाएर छालामा चमक ल्याउनको लागि निकै उपयोगी हुन्छ ।

आलुको बोक्रामा फाइटोकेमिकल्सको मात्रा धेरै भएको कारणले छालासम्बन्धित रोग लाग्नबाट बचाउँछ । शरीरमा भिटामिनको कमीले आँखा वरिपरि डार्क सर्कल देखापर्ने गर्छ । भिटामिन ‘ए’, भिटामिन ‘सी’, भिटामिन ‘ई’ र भिटामिन ‘के’ भएका खानेकुराको सेवनले छालामा रक्तसञ्चार तीव्र गराउँनुका साथै दिमागमा सेराटोनिन नामक रसायन उत्पादन गरेर आनन्दको निन्द्रा पाउन सकिन्छ । अनि, डार्क सर्कल बिस्तारै हट्दै जान्छ ।

फर्सी, पाकेको मेवा, गाँजर, आँप, हरियो सागपात भिटामिन ‘ए’युक्त खानेकुरा, कागती, भोगटे, सुन्तला, अमला जस्ता भिटामिन ‘सी’युक्त खानेकुरा, अंगुर, ब्लुबेरी, बन्दाकोबी, केराउ आदि जस्ता भिटामिन ‘के’युक्त खानेकुरा आदि खानुपर्छ । जसले छालाको रिपेयरिङ र टाइटानिङमा मद्दत गर्छ ।

jackson ribon