birat ribon

‘नेयमारले बालोन डी‘ओर जित्न सक्छन्’

Neuro
‘नेयमारले बालोन डी‘ओर जित्न सक्छन्’

एजेन्सी, ६ असोज । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का नयाँ खेलाडी एन्डर हेरेर्राले आफ्ना सहकर्मी नेयमारले सन् २०१९ को बालोन डी‘ओर जित्न सक्ने बताएका छन् । फ्रेन्च लिग वानअन्तर्गत लियोनसँगको जितपछि फ्रान्सेली मिडिया एल’इक्यूपेसँग बोल्दै सन् २०१९ मा मात्र पीएसजी आएका हेरेर्राले यस्तो बताएका हुन् ।

फ्रेन्च लिग वानमा डिफेन्डिङ च्याम्पियन क्लब पीएसजी लियोनविरुद्ध १–० गोलको जित निकालेको हो । शनिबार राति लियोनकै घरेलु मैदानमा भएको उक्त खेलमा पीएसजीलाई जिताउन स्टार खेलाडी नेयमारले निर्णायक गोल गरेका थिए । पहिलो हाफ गोलरहित बराबरीमा बितेको उक्त खेलको अन्तिम ३ मिनेट बाँकी छँदा नेयमारले गोल गर्दै टोलीलाई जिताएका थिए ।

cura insider

a

सो खेलपछि बोल्दै यसै सिजन म्यानचेष्टर युनाइटेडबाट फ्रान्स आएका हेरेर्राले नेयमारले बालोन डी‘ओर जित्न सक्ने दाबी गरेका हुन् । सिजनको दोस्रो गोल गरेका नेयमारको विषयमा बोल्दै हेरेर्राले भने, ‘म नेयमारसँग खेल्न पाउँदा ज्यादै खुशी भएँ । म उनको सरुवाको विषयमा कुनै कुरा गर्ने छैन । किनकी, अब नेयमार हामीसँग छन् ।’

यस्तै नेयमारले यो सिजन नभए केही वर्ष वा अबको २ वर्षभित्रमा भएपनि बालोन डी‘ओर जित्ने दाबी गरे । उनले भने, ‘नेयमार एक शानदार खेलाडी हुन्, जसले यो सिजन नभए केही वर्षमा वा अबको २ वर्षभित्रमा भएपनि बालोन डी‘ओर जित्न सक्छन् । हामी धेरै नै खुशी छौं । नेयमारले यसरी नै सबै सिजन खेल्न सक्नेमा म विश्वस्त छु ।’

h

यस जितसँगै शीर्ष स्थानको पीएसजीले १५ अंक बनाएको छ । उसले ६ खेलमध्ये ५ खेलमा जित र एक खेलमा हार ब्यहोरेको छ । यता, पराजित लियोन भने अंक तालिकाको नवौं स्थानमा छ । हेरेर्राले आफ्नो टोलीले यो वर्ष पनि उपाधि जित्नेमा कुनै शंका नरहेको खुलाए ।

उनले भने, ‘अहिले टोलीले मात्र छ खेल खेलेको छ । भर्खरै मात्र टेबलको शीर्ष स्थान बनाएको छ । हामी आफ्ना सहकर्मीलाई मात्र नभएर लिग वानका सबै टिमलाई सम्मान गछौं । र, सम्मानका साथ एक–अर्काविरुद्ध खेल्छौं । तर, पनि यो वर्ष हामीले उपाधि जित्नेमा कुनै शंका छैन ।’

jackson ribon