birat ribon

सेभिल्लालाई हराएपछि रामोसले भने, ‘रियल मड्रिड सधैं जितको भोको छ’

Neuro
सेभिल्लालाई हराएपछि रामोसले भने, ‘रियल मड्रिड सधैं जितको भोको छ’

एजेन्सी, ६ असोज । स्पेनिस क्लब रियल मड्रिडका कप्तान सर्जियो रामोसले आफ्नो क्लब जितको भोको रहेको बताएका छन् । ला लिगाअन्तर्गत सेभिल्लाविरुद्ध जित निकालेपछि कप्तान रामोसले रियल सधैं जितको भोको रहेको बताएका हुन् ।

आइतबार राति भएको खेलमा रियल मड्रिडले सेभिल्लाविरुद्ध १–० गोलको जित निकाल्यो । सेभिल्लाको घरेलु मैदानमा भएको उक्त खेलमा रियल मड्रिडलाई जिताउन स्टार खेलाडी करिम बेन्जेमाले निर्णायक गोल गरेका थिए ।

cura insider

aa

उक्त खेलपछि बोल्दै कप्तान रामोसले रियल जितको प्यासी रहेको बताएका हुन् । उनले भनेका छन्, ‘हामीले थाहा पायौं कि हारपछिको जितको महत्त्व कति धेरै हुन्छ भन्ने । हामीले यो खेलका लागि धेरै मेहेनत गरेका थियौं । सेभिल्लाले पनि राम्रो प्रदर्शन गरेको थियो । तर, हामीले स–साना अवस्थाबाट खेलमा फाइदा उठायौं ।’

यस्तै रामोसले आफ्नो क्लबका सबै सहकर्मीहरू सधैं सकारात्मक नतिजाको पछाडि लागेको बताए । उनले भने, ‘रियल मड्रिड जितको भोको छ । हाम्रा सहकर्मीहरू पनि सबै सकारात्मक नै छन् । टिमले आफूलाई साबित गर्दैछ । निकै लामो समयपछि, एथ्लेटिक बिल्बाओसँगको बराबरीपछि हामीले जित्ने मौका पायौं । पीएसजीसँगको त्यो हारपछि टिम आलोचित बनेको थियो । तर, हामीले जित निकाल्दै त्यो आलोचनाविरुद्ध बोल्ने मौका पायौं ।’

रियलले यसअघि च्याम्पियन्स लिगअन्तर्गत फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनसँग हार ब्यहोरेको थियो । तर, सेभिल्लासँगको खेलमा १–० गोलको जित निकालेको ऊ ला लिगामा दोस्रो स्थानमा उक्लिएको छ ।

jackson ribon