birat ribon

पत्रपत्रिकामा देश : सी आउनु अघि नै सी विचारधारा

Neuro
पत्रपत्रिकामा देश : सी आउनु अघि नै सी विचारधारा

विराटनगर ६ असोज । कान्तिपुर दैनिकले छापेको मुख्य समाचारमा नेपाल र चीनका कम्युनिष्ट पार्टीबीच वैचारिक अन्र्तक्रिया बढेको उल्लेख छ । चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणमा आउनु अघि नै सी विचारधारा भने आइसकेको छ ।

नेपाल र चीनका सत्तारुढ दलहरुबीच सी विचारधारालाई आधार बनाएर बढेको वैचारिक अन्र्तक्रियाले यही देखाउँछ । नेकपा स्कुल विभागको आयोजनामा सोमबार (आज)देखि राजधानीमा दुई दिने छलफल कार्यक्रम हुँदैछ । जसमा चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका प्रमुखको नेतृत्वमा आएका २० जना नेताहरुले भाग लिने छन् । नेकपाले यो कार्यक्रमलाई दुई पार्टीबीचको विचारधारात्मक छलफल भनेको छ । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रममा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सीपीसी अन्तर्राष्ट्रिय विभागका प्रमुख सोङ ताओले मन्तव्य दिने छन् ।

cura insider

माघ अघि नै मुगु र हुम्लामा मलेरिया प्रकोपको देखिएपछि चैत्रमा काठमाडौंबाट पठाइएको स्वास्थ्य सामग्री असोजसम्म नेपालगञ्जमै बेवारिसे भएको खबरलाई नयाँ पत्रिका दैनिकले मुख्य खबर बनाएको छ । स्वास्थ्य सामग्री पठाउनेले चासो नदिएको र सम्बन्धित जिल्ला स्वास्थ्य कार्यालयले समेत खोजी नगरेपछि त्यही म्याद समाप्त भएर काम नलाग्ने भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक घनश्याम पोखरेलले प्याथोलोजीका सामग्री पठाएपछि समन्वय नभएको स्वीकारे । उनले यो विषयमा छानविन भइरहेको र दोषीलाई कारवाही गर्ने बताए ।
६ महिनासम्म स्वास्थ्य सामग्री राखिएको बोरा लिन कोही नआएपछि नेपालगञ्जका होटल व्यवसायी पञ्चलाल कार्कीले तस्विर खिचेर फेसबुकमा हालेका थिए ।

रातभर लाम लाग्दापनि दशैँकोलागि अग्रिम बुकिङ खुला भएकै दिन पनि टिकट नपाइएको समाचार अन्नपूर्ण पोष्टमा छ । टिकट बुकिङ्गमा भद्रागोल देखिएको छ । मध्यरातदेखि लाईनमा बसेका यात्रुले समेत टिकट पाउन सकेनन् । कर्णाली तथा दुर्गम भेगका बस सुनिश्चित नहुँदा आइतबार टिकट बुकिङ्ग हुन सकेन् । गोंगबु, कोटेश्वर, गौशाला, बल्खु लगायतका ठाँउका काउण्टरमा मध्यरातदेखि लाईनमा बसेका यात्रुले साँझ ६ बजेसम्म बस्दा पनि टिकट नपाएका हुन् ।

टिकट लिन महिला, पुरुष, अशक्त, जेष्ठ नागरिक भएकाहरुको छुट्टाछुट्टै लाइन नराख्दा समस्या भएको थियो । दशैँ मनाउन करिब २० लाखले उपत्यका छोड्ने गरेका छन् ।

jackson ribon