fbpx

पत्रपत्रिकामा प्रदेशः मन्दिर नै विकास बाधक

विराटनगर ६ असोज । विराटनगर महानगरपालिकाभित्रको सडक विस्तार गर्न मन्दिर नै बाधक भएको समाचार उद्घोष दैनिकले मुख्य पृष्ठमा छापेको छ ।

विना स्वीकृती र विना मापदण्ड सडक मिचेर विगतमा निर्माण भएका मन्दिर हटाउन वा व्यवस्थापन गर्न महानगरलाई सकस भएको छ । दशैँअघि नै विराटनगर बजारभित्रको सडक कालोपत्रे गरिसक्ने उदेश्यले काम थालिएकोमा विभिन्न ठाउँमा मन्दिरको कारण सडक विस्तार गर्न समस्या भएको महानगरपालिकाका मेयर दिनहुँ जस्तो मन्दिर विवाद मिलाउन नै समय खर्चिनु परेको छ । काली मन्दिरमा सचिवालय राखेर आइपरेका समस्याहरु समाधान गर्दै आएका छन् । केही दिन अघि महावीर चोकको महावीर मन्दिरका विषयमा आएको समस्या मेयर भीम पराजुलीले समाधान गरेका छन् ।

सिद्धार्थ चौकको गरिबनाथ मन्दिरको विषयमा पनि छलफल भएको छ । महानगरपालिका पुरानो मन्दिर भत्काएर नयाँ बनाउने पक्षमा भएपनि स्थानीयसँग सहमति जुट्न सकेको छैन् । विराटनगरमा प्राय मन्दिरहरु सडक मिचेर नै बनाइएको उद्घोषको समाचारमा छ ।

१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले चाँडपर्व लक्षित सुरक्षा योजना अगाडि सारेको छ । यो समाचार आज ब्लाष्ट टाइम्सले मुख्य समाचार बनाएर छापेको छ । सुरक्षालाई चुस्त बनाउन मातहतका प्रहरी प्रमुखहरुलाई निर्देशन दिएको हो । सहरबजारमा हुने चोरी, लुटपाट नियन्त्रण गर्ने, कालोबजारी तथा कृतिम अभाव सृजना हुन नदिने, राजमार्गमा यातायात नियमित सञ्चालन गर्ने लगायतका योजना प्रहरी कार्यालयको छ । विराटनगरमा ३ सय विशेष प्रहरी परिचालन हुने छन् भने सुनसरी प्रहरीले सीमा नाकामा कडाई सुरु गरेको छ ।

मनमोहन प्राविधिक विश्वविद्यालय विधेयकको प्रतिवेदन पेश गर्ने क्रममा आइतबारको प्रदेश सभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नाराबाजी सहित रोष्टम घेराउ गरेको समाचार विराटनगरबाट प्रकाशित भएका सबै पत्रिकामा प्रमुखताको साथ छापिएको छ । घेराउकै बीच सामाजिक विकास समितिकी सभापति तथा सत्तारुढ नेकपाकी सांसद सरिता थापाले मनमोहन विधेयकको प्रतिवेदन पेश गरेकी छिन् ।

मध्यपहाडी लोकमार्गअन्र्तगत बाँझेच्यानडाँडा दिक्तेल सडक निर्माण सम्पन्न नहुँदै भत्किन थालेको छ । सडक भत्किन थालेपछि गुणस्तरिय बनाउन निर्देशन दिएको छ । कालोपत्रेको काम नसकिदै टेवा दिएको पर्खाल, पुलको जीप र छेउ भत्किन थालेपछि खोटाङका प्रमुख जिल्ला अधिकारी विष्णुहरि उपाध्यायले यस्तो निर्देशन दिएका हुन् । मध्यपहाडी लोकमार्गका डिभिजन प्रमुख विजय चापागाईंले गुणस्तरमा कमी नहुँने प्रतिवद्धता व्यक्त गरे ।

Loading...