birat ribon

बच्चाहरूलाई बिस्तारै मसाज गर्दा शरीरको पीडा कम हुने

Neuro
बच्चाहरूलाई बिस्तारै मसाज गर्दा शरीरको पीडा कम हुने

विराटनगर, ६ असोज । साना बच्चाहरूलाई बिस्तारै मसाज गर्दा, हातले सुम्सुम्याउने गर्दा वा थपथपाउँदा उनीहरूको शरीरको पीडा कम हुने एक अध्ययनले देखाएको छ । साना बच्चाहरूको टाउको, निधार, पिट्ठ्यूँ, छाती, पेटसहितका भागमा बिस्तारै हातले थपथपाउँदा उनीहरूको मस्तिष्कमा पीडाको सञ्चार गर्ने गतिविधि कम हुन गइ उनीहरूमा भएको शरीरको दुखाइको अनुभव पनि कम हुँदैजाने अध्ययनमा देखिएको हो ।

अक्सफोर्ड विश्वविद्यालय र लिभरपुल जोन मोरिस विश्वविद्यालयले अनुसन्धान गर्ने क्रममा ३२ जना १ देखि ४ वर्षसम्मको बच्चाको परीक्षणका लागि रगत लिने क्रममा उनीहरुको मस्तिष्कको गतिविधिको बारेमा अध्ययन गरेको हो । करेन्ट बायोलोजीमा प्रकाशित गरिएको उक्त अध्ययन अनुसार आधा बच्चालाई निधार, टाउको, ढाड, पेटमा नरम ब्रस तथा हातले बिस्तारै मसाज गरेको वा थपथपाइएको थियो भने आधा शिशुलाई केही पनि गरिएको थिएन ।

cura insider

अनुसन्धानकर्ताहरूका अनुसार मसाज नगरिएका आधा शिशुको तुलनामा मसाज गरिएका शिशुहरुको मस्तिष्कमा पीडाजन्य गतिविधि ४० प्रतिशत कम देखिएको छ । अक्सफोर्ड विश्वविद्यालयले गरेको अध्ययनका अनुसन्धानकर्ता प्राध्यापक रिबेका स्लेटरका अनुसार शिशुमा गरिएको छुवाइ वा हुलुका मजासको उनीहरुको शरीरमा कुनै पनि प्रकारको ‘साइड इफेक्ट’ देखिएको छैन । र, बिस्तारै गरेको मसाज तथा उनीहरुको जिउलाई सुम्सुम्याउने गर्दा बच्चाहरुको शरीरको पीडा कम गर्ने औषधिको जस्तै काम गरेको हुन्छ ।

अभिभावकले बच्चाहरुको न्युरो बायोलोजिकल सिस्टम बुझेर उनीहरुलाई दिनहुँ बिस्तारै मसाज गर्दा झन राम्रो हुने स्लेटरले बताइन् । यसका लागि एक सेकेण्डमा अधिकतम तीन सेन्टिमिटरसम्मको भागमा चलाउन सकेमा बच्चालाई गरेको मसाजले राम्रो प्रभाव गर्ने समेत देखाइएको छ । तर, बच्चाको उमेर बढ्दै जाँदा वा बच्चा हुर्किँदै जाँदा मसाजको प्रभाव पहिलाजस्तै रहने वा त्यसमा केही परिवर्तन आउने विषयमा भने अनुसन्धान भएको छैन ।

jackson ribon